IME Life New

जीवन बीमकको साढे २६% ले बढ्यो नयाँ व्यापार, कसको बिजनेस ग्रोथ कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमकको नयाँ व्यापार (वैदेशिक रोजगार बीमाशुल्कबाहेक) करिब साढे २६ प्रतिशतले बढेको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिना जेठसम्मको तथ्यांकले यस्तो देखाएको हो।

हाल सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको जेठसम्म ३१ अर्ब ३४ करोड ६४ लाख रुपैयाँ प्रथम बीमाशुल्क (नयाँ व्यापार) संकलन गरेका छन्। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीहरुले २४ अर्ब ७९ करोड १ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बीमकहरुको नयाँ व्यापार २६.४५ प्रतिशतले बढेको छ।

Esewa
Crest

सर्वाधिक नयाँ व्यापार भित्र्याउनेमा नेपाल लाइफ रहेको छ भने वृद्धिदरका हिसाबले राष्ट्रिय जीवन बीमा कम्पनी अगाडि रहेको छ।

चालु आर्थिक वर्षको जेठसम्म नेपाल लाइफले ७ अर्ब ९१ करोड १३ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ५ अर्ब ६७ करोड ३६ लख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नयाँ व्यापार ३९.४४ प्रतिशतले बढेको छ।

दोस्रोमा नेसनल लाइफ रहेको छ। चालु आर्थिक वर्षको जेठसम्म कम्पनीले ४ अर्ब ७० करोड ३५ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको नयाँ व्यापार २०.३८ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष जेठसम्म कम्पनीले ३ अर्ब ९० करोड ७३ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको थियो।

धेरै नयाँ व्यापार भित्र्याउने तेस्रो कम्पनीमा लाइफ इन्स्योरेन्स (एलआईसी नेपाल) रहेको छ। यो कम्पनीले अघिल्लो वर्ष जेठसम्म २ अर्ब ६ करोड ९९ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेकोमा समीक्षा अवधिमा १६.४६ प्रतिशतले बढेर २ अर्ब ४१ करोड ६ लाख रुपैयाँ पुगेको छ।

यसैगरी चालु आर्थिक वर्षको जेठसम्म सूर्यज्योति लाइफले २ अर्ब ३५ करोड ६६ लाख रुपैयाँ, हिमालयन लाइफ २ अर्ब १६ करोड ७४ लाख रुपैयाँ, सिटिजन लाइफले १ अर्ब २३ करोड २३ लाख रुपैयाँ, एसियन लाइफले १ अर्ब ५८ करोड ९७ लाख रुपैयाँ र सानिमा रिलायन्स लाइफले १ अर्ब ४९ करोड २३ लाख प्रथम बीमाशुल्क संकलन गरेका छन्। अघिल्लो वर्ष जेठसम्मको तुलनामा नयाँ व्यापार सूर्यज्योति लाइफको २४.७३ प्रतिशत, हिमालयन लाइफको ६.१३ प्रतिशत, सिटिजन लाइफको १४.७० प्रतिशत, एसियन लाइफको २७.३८ प्रतिशत र सानिमा रिलायन्स लाइफको १२.१६ प्रतिशतले बढेको छ।

चालु आर्थिक वर्षको ११ महिनामा रिलायबल नेपाल लाइफले १ अर्ब ३३ करोड ४० लाख रुपैयाँ, आइएमई लाइफले १ अर्ब २६ करोड ४३ लाख रुपैयाँ, मेट लाइफले १ अर्ब २५ करोड ८३ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १ अर्ब २४ करोड ४० लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ९५ करोड ९६ लाख रुपैयाँ र सन नेपाल लाइफले ९२ करोड १७ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका छन्। अघिल्लो वर्ष जेठसम्मको तुलनामा नयाँ व्यापार रिलायबल नेपाल लाइफको २३.१७ प्रतिशत, आइएमई लाइफको २९.३१ प्रतिशत, मेट लाइफको ८.८५ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ५१.०२ प्रतिशत, राष्ट्रिय जीवन बीमा कम्पनीको ९०.९५ प्रतिशत र सन नेपाल लाइफको ६०.२५ प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS