IME Life New

नेपाल लाइफद्वारा नेपालमै पहिलोपटक पृथक विशेषतासहित ‘नारी सुरक्षा जीवन बीमा योजना’ सार्वजनिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नारी दिवसका अवसरमा नेपालमै पहिलोपटक पृथक विशेषतासहित ‘नेपाल लाइफ नारी सुरक्षा जीवन बीमा योजना’ सार्वजनिक गरेको छ।

‘एकै योजना बहु–लाभ ! सबै नारीका लागि सजिलो पहुँच !’ नाराका साथ यो योजना सार्वजनिक गरिएको हो। महिलाको जीवन, स्वास्थ्य, बचत र आर्थिक सुरक्षा केन्द्रित विशेष योजना हो।

Esewa
Crest

यस योजनको मुख्य विशेषता भनेको बीमालेखको वार्षिकोत्सवमा बीमांकका आधारमा नगद सुविधा प्रदान गरिनु, वृद्धिशील मृत्यु लाभः मृत्युमा प्रदान गरिने बीमांक रकम हरेक ५ वर्षमा २५ प्रतिशतले बढ्नु रहेको छ। नेपाली जीवन बीमा क्षेत्रमा पहिलोपटक गर्भावस्था स्याहार र गर्भावस्था जटिलता पूरक करार सुविधासमेत समावेश गरिएको यस योजनाले नारीको जीवन, स्वास्थ्य, बचत र आर्थिक सुरक्षा एकैसाथ प्रदान गरी सुनिश्चित भविष्यको सुरुआत गर्नेछ।

नेपाल लाइफ नारी सुरक्षा जीवन बीमा योजना नारीको जीवनमा सुरक्षा, आत्मनिर्भरता र भविष्यको सुनिश्चिततालाई केन्द्रमा राखी तयार गरिएको विशेष जीवन बीमा योजना हो। समानतासँगै सम्मानपूर्वक जीवनयापन गर्न सकून् भन्ने उद्देश्यले नेपाल लाइफ इन्स्योरेन्सले नेपालमै पहिलोपटक नारी लक्षित महत्वपूर्ण ऐच्छिक सुविधाहरुसहित यो योजना सार्वजनिक गरेको हो। नारीवर्गमा समर्पित यस योजनाले नियमित आम्दानी, आर्थिक सुरक्षा तथा दीर्घकालीन आर्थिक सुनिश्चितता एकैसाथ प्रदान गर्दछ।

मातृत्व नारी जीवनको सबैभन्दा सुन्दर, महत्वपूर्ण र संवेदनशील समय हो। तर, गर्भावस्थाको समयमा कहिलेकाहीँ गम्भीर स्वास्थ्य समस्या पनि आइपर्न सक्छ। समग्र नारीकै लागि बनेको योजना भएपछि उनीहरुका लागि विशेष रुपमा लक्षित मातृत्व सुरक्षालाई ध्यानमा राखेर नेपाल लाइफले नेपाली जीवन बीमा जगतमै पहिलोपटक गर्भावस्था स्याहार र गर्भावस्था जटिलतासम्बन्धी पूरक करार सुविधा ल्याएको हो।

गर्भावस्था जटिलतासम्बन्धी पूरक करार सुविधाअनुसार यदि गर्भावस्थाको समयमा यस पूरक करारभित्र पर्ने ११ वटा गम्भीर गर्भावस्थासम्बन्धी जटिलतामध्ये कुनै पनि जटिलता पुष्टि भएमा एकमुष्ट रु. १ लाख तुरुन्तै उपलब्ध हुनेछ। गर्भावस्था स्याहारसम्बन्धी अतिरिक्त पूरक करार सुविधाअन्तर्गत बीमा अवधिभित्र यदि बीमित महिला गर्भवती भएको प्रमाणित भएमा गर्भावस्थासँग सम्बन्धित स्वास्थ्य सेवाका लागि १ पटकका लागि एकमुष्ट १० हजार रुपैयाँ नेपाल लाइफले प्रदान गर्नेछ।

अग्रिम भुक्तानी सावधिक जीवन बीमा (मुनाफामा सरिक हुने) न्यूनतम बीमांक रकम २ लाख ५० हजार रुपैयाँ र अधिकतम बीमांक रकम आयश्रोतका आधारमा गर्न सकिनेछ। यस योजनामा बीमितको प्रवेश उमेर १८ वर्षदेखि ६५ वर्ष रहनेछ।

यस योजनासँगै विभिन्न ऐच्छिक पूरक करार सुविधा पनि लिन सकिन्छ, जस्तै– एडीबी (दुर्घटना मृत्यु लाभ), पीटीडी (पूर्ण स्थायी अशक्तता सुविधा), पीडब्ल्यूबी (बीमाशुल्क छुट सुविधा) पनि योजनासँगै लिन सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS