काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्ता तालिम विभागको नेतृत्वका लागि व्यवस्थापकीय तहमा एकजना कर्मचारी माग गरेको छ।
इन्स्योरेन्सले प्रकाशन गरेको सूचना अनुसार, मान्यता प्राप्त विश्वविद्यालयबाट व्यवस्थापन वा सो सरहको संकायमा स्नातकोत्तर तह उतीर्ण भई बीमा कम्पनीमा व्यवस्थापन तहमा २ वर्ष वा ७ वर्ष अधिकृत तहमा काम गरेको अनुभवी व्यक्तिले आवेदन दिन सक्नेछन् । साथै अभिकर्ता उत्पादन र तालिममा समेत अनुभवी हुनुपर्ने शर्त रहेको छ।
इन्स्योरेन्सले कर्मचारी भर्नाका लागि विज्ञापन प्रकाशन गर्दै इच्छुक योग्य उम्मेदवारलाई फागुन ६ गतेसम्ममा कम्पनीको वेबसाइटमार्फत आवेदन दर्ता गर्न अनुरोध गरेको छ।












