IME Life New

नेपाल लाइफले सगरमाथामा फोहोर संकलन गर्ने, राउण्ड टेबल नेपालसँग गर्यो सहकार्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सगरमाथामा थुप्रिएका फोहोर सङ्कलन गर्न प्रोजेक्ट केयर अभियान अन्तर्गत राउन्ड टेबल नेपालसँग सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेको छ । काठमाडौँको ग्लोबल कलेजमा आयोजित एक विशेष समारोहका बीच यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र राउन्ड टेबल नेपालका अध्यक्ष प्रवेश अग्रवालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सो कार्यक्रमको उद्घाटन पानसमा दीप प्रज्लन गरेर कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली, नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, राउन्ड टेबल नेपालका अध्यक्ष प्रवेश अग्रवाल, निवर्तमान अध्यक्ष नितेश कुमार अग्रवाल तथा यस योजनाको प्राविधिक साझेदारको रुपमा रहेको सगरमाथा प्रदूषण नियन्त्रण समितिका प्रतिनिधि छिरिङ शेर्पाले संयुक्त रुपमा गरेका थिए ।

Esewa
Crest

नेपाल लाइफले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सगरमाथा सफाइ अभियान सञ्चालन गर्न राउण्ड टेबल नेपाल तथा प्राविधिक पार्टनर सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) सँग सहकार्य गरेको कुरा यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले बताए । प्रमुख कार्यकारी अधिकृत पराजुलीले सगरमाथा नेपाल मात्र नभई विश्वकै गहना भएकाले यसको संरक्षण गर्न आवश्यक रहेको बताए ।

राउन्ड टेबल नेपालका अध्यक्ष प्रवेश अग्रवालले सगरमाथा क्षेत्रमा यसपटक ५ हजार किलो फोहोर संकलन गर्ने लक्ष्य रहेको छ भने आगामी दिनमा २५ हजार किलो फोहोर व्यवस्थापन गर्ने योजना बनाइएको बताए । साथै उहाँले राउन्ड टेबल नेपालले शिक्षा, स्वास्थ्य तथा वातावरणका क्षेत्रमा काम गर्दै आएको उल्लेख गर्दै यो अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

राउण्ड टेबल नेपालका निर्वतमान अध्यक्ष नितेश कुमार अग्रवालले सगरमाथा विश्वकै आकर्षण भएकाले आरोहीहरूको संख्यासँगै फोहोर बढ्ने क्रम तीव्र रहेको बताए । उनले नेपाल सरकार तथा अन्तर्राष्ट्रिय जगतले पनि सफाइ प्रयास जारी राखे तापनि प्रभावकारी हुन नसकेको भन्दै यस अभियानले ठूलो परिवर्तन ल्याउने विश्वास व्यक्त गरे । यस क्रममा कुहिने फोहोरलाई आधार शिविर भन्दा तल पुर्ने र नकुहिने फोहोरलाई ३० किलोको झोला बनाई काठमाडौं ल्याइने बताए ।

सगरमाथा प्रदूषण नियन्त्रण समितिका प्रतिनिधि छिरिङ शेर्पाले यो अभियान ढिलो भए पनि सुरु हुनु सकारात्मक रहेको बताए । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा सगरमाथाको फोहोरबारे नकारात्मक समाचारहरू आउन थालेको उल्लेख गर्दै, यो अभियानले समस्या समाधान गर्न महत्त्वपूर्ण योगदान दिने बताए । नेपाल सरकारले आधार शिविरभन्दा माथि जाने प्रत्येक आरोहीले कम्तीमा १ किलो फोहोर ल्याउनु पर्ने नियम बनाए तापनि यो समस्याको पूर्ण समाधान हुन सकेको जनाए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS