IME Life New

रू २१ अर्बमा नेपाल भारतबीच थप दुई विद्युत प्रशारण लाइन निर्माणको सम्झाैता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल भारतबीच विद्युत व्यापारका लागि पूर्वाधार विकास रणनीति अन्तर्गत करिब २१ अर्ब रूपैयाँ लगानीमा थप दुई अन्तरदेशिय प्रशारण लाइन निर्माणका लागि दुई देशबीच सम्झाैता भएको छ।

पूर्वमा कोशी प्रदेशको इनरुवादेखि भारत बिहारको पूर्णियासम्म र सुदूरपश्चिम प्रदेशको लम्की देखि भारत उत्तर प्रदेशको बरेलीसम्म विद्युत प्रशारण लाइन निर्माणको सम्झाैता पत्रमा दुबै बुधबार हस्ताक्षर भएको हो। नेपाल विद्युत प्राधिकरणका उप कार्यकारी निर्देशक सुभाषकुमार मिश्र  र भारतको तर्फबाट पावर ग्रिड कर्पोरेशनका अन्तर्राष्ट्रिय व्यवसाय प्रमुख सञ्चालन अधिकृत सञ्जय कुमार गुप्ताले सम्झाैता पत्रमा हस्ताक्षर गरेका छन् ।

Esewa
Crest

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ र भारतका विद्युत् मन्त्री मनोहरलाल खट्टरको उपस्थितमा बुधबार नयाँ दिल्लीमा सम्झौतापत्रमा हस्ताक्षर भएको मन्त्री घिसिङको सचिवालयले जानकारी दिएको छ ।

सम्झाैता पत्रमा दुबै पक्षले प्रशारण लाइन निर्माणका लागि संयुक्त उपक्रमको कम्पनी स्थापना गरेर प्रशारण लाइन निर्माण गर्ने सहमति भएको छ।

दुबै प्रशारण लाइनको निर्माण कार्य सम्पन्न गर्न कुल २१ अर्ब ६५ करोड रूपैयाँ लगानी हुने अनुमान गरिएको छ। नेपाल–भारत संयुक्त प्राविधिक टोलीले सन् २०१९ मा तयार पारेको अध्ययन प्रतिवेदनअनुसार इनरुवा–पूर्णिया प्रसारण लाइनको प्रारम्भिक लागत नेपाली र भारतीय खण्डको क्रमशः २ अर्ब ६५ लाख र ४ अर्ब १३ करोड भारतीय रुपैयाँ (भारु) लाग्ने अनुमान गरिएको थियो ।

त्यस्तै लम्की–बरेली प्रसारण लाइनको नेपालमा प्रारम्भिक लागत अनुमान नेपाली र भारतीय खण्डको क्रमशः २ अर्ब ५७ करोड र ६ अर्ब १४ करोड भारु रहेको छ ।

दुबै प्रशारण लाइन निर्माणका लागि स्थापना गरिने कम्पनीमा नेपाल विद्युत प्राधिकरणले आफ्नै स्रोतबाट क्रमशः १ अर्ब र २ अर्ब रूपैयाँ बराबरको स्वःपूँजी लगानी गर्नेछ।

प्रशारण लाइन निर्माणका लागि २० प्रतिशत स्वःपूँजी र बाँकी ऋण श्रोतबाट जुटाउने तयारी छ।

सम्झाैता अनुसार, नेपालतर्फको प्रशारण लाइन निर्माण कम्पनीमा विद्युत प्राधिकरणको र भारततर्फको प्रशारण लाइन निर्माण कम्पनीमा पावर ग्रिड कर्पोरेशनको ५१ प्रतिशत शेयर स्वामित्व रहनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS