IME Life New

नेशनल लाइफको वार्षिक साधारणसभा पुस ३० मा, बुक क्लोज कहिले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो ३८ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले साधारणसभा यही पुस ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको लाजिम्पाटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बिहान साढे १० बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले आर्थिक वर्ष २०८१।८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको ४ प्रतिशत बोनस शेयर र ८.५ प्रतिशत नगद लाभांश अनुमोदन गर्नेछ। लाभांश प्रयोजनार्थ छुट्याइएको करबापत ०.६६ प्रतिशतले हुन आउने नगद लाभांश पनि सभाले स्वीकृत गर्नेछ।

सभाले चुक्तापुँजी वृद्धि गरी प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ। कम्पनीको हालको लगानीसम्बन्धी व्यवस्था थप परिमार्जन गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

सभाले नियमावली र प्रबन्धपत्रमा संशोधन गर्दा नियमनकारी निकायहरुबाट प्राप्त रायसुझाव वा निर्देशनअनुसार गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८२।८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।

लाभांश र सभा प्रयोजनार्थ कम्पनीले पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १७ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS