IME Life New

निरन्तर प्रगतीमा नेशनल लाइफ, पहिलो पटक ‘कन्भेन्सल’ बीमाबाटै रू ५० करोड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले एक महिनामै सावधिक प्रकृतीबा बीमालेखको बिक्रीबाट ५० करोड रुपैयाॅ भन्दा बढी प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

इन्स्योरेन्सले सावधिक बीमालेखको बिक्रीबाट आफ्नो संचालनको ३८ वर्ष लामो  इतिहासमा पहिलो पटक एक महिनामै सावधिक प्रकृतिका साधारण बीमालेख (कन्भेन्सनल पलिसी) को बिक्रीबाटै ५० करोड रुपैयाॅ प्रथम बीमाशुल्क आर्जन गरेको हो।

Esewa
Crest

इन्स्योरेन्सले चालू आर्थिक वर्ष २०८१।८२ को फागुन महिनामा लघु बीमा, वैदेशिक रोजगारी बीमा र परम्परागत बीमालेख सहित जम्मा ५७ करोड ९० लाख रुपैयाॅ आर्जन गरेको छ। यसैगरी वैदेशिक रोजगार बीमाबाट १ करोड १८ लाख र लघु बीमाबाट ६ करोड ६८ लाख रुपैयाॅ प्रथम बीमाशुल्क आर्जन गरेको छ।

माघ महिनामा इन्स्योरेन्सले साधारण प्रकृतीका बीमालेखको बिक्रीबाट मात्र ३२ करोड २८ लाख रूपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको थियो । माघमा वैदेशिक रोजगार बीमालेखको बिक्रीबाट २ करोड ७ लाख २८ हजार र म्यादी जीवन बीमालेखबाट ७ करोड २५ लाख रूपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

88%
happy

खुसी

0%
sad

दु :खी

13%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS