IME Life New

मेटलाइफ लगातार दोस्रो वर्ष फर्च्युनको ‘विश्वका २५ उत्कृष्ट कार्यस्थल’ सूचीमा नामांकित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वव्यापी जीवन बीमा कम्पनी मेटलाइफ फेरि एकपटक फर्च्युन पत्रिकाको ‘विश्वका २५ उत्कृष्ट कार्यस्थल’ मा नामांकित भएको छ। कम्पनी सन् २०२५ को सूचीमा १० औँ स्थानमा छ। यो प्रतिष्ठित मान्यता प्राप्त गरेको लगातार दोस्रो वर्ष हो।

यो प्रतिष्ठित अन्तर्राष्ट्रिय मान्यता विश्वभरका २५ कम्पनीलाई मात्र प्रदान गरिन्छ। फर्च्युनले कर्मचारी सन्तुष्टि, कार्य वातावरणको गुणस्तर, जिम्मेवार संस्कृति र समाज र यसका ग्राहकहरुप्रति कम्पनीको सकारात्मक योगदानको व्यापक मूल्यांकनका आधारमा सूची तयार गर्दछ।
मान्यताका बारेमा टिप्पणी गर्दै मेटलाइफका अध्यक्ष तथा सीईओ मिशेल खलाफले भने, ‘लगातार दोस्रो वर्ष विश्वका उत्कृष्ट कार्यस्थलहरुको सूचीमा समावेश हुनु हाम्रा कर्मचारीको निःस्वार्थ समर्पण र प्रगतिशील पहलहरुको प्रतिविम्ब हो।’

Esewa
Crest

सीईओ मिसेलका अनुसार कम्पनीको ‘नयाँ सीमान्त वृद्धि रणनीति’मार्फत एउटा यस्तो संस्कृति सिर्जना गर्न प्रयासरत भइरहेको छ। जहाँ प्रत्येक कर्मचारीले आफ्नो पूर्ण क्षमता विकास गर्ने र सरोकारवालाका लागि समृद्ध भविष्य निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने अवसर पाउँछ।

फर्च्युनको उत्कृष्ट कार्यस्थलहरुको सूची विश्वभरका ९० लाखभन्दा बढी सर्वेक्षण प्रतिक्रियाको विश्लेषणमा आधारित छ। मूल्यांकनमा विश्वका विभिन्न क्षेत्रमा रहेका २ करोड ५० लाखभन्दा बढी कर्मचारीको कार्यानुभवलाई विचार गरिन्छ। कार्यस्थल सुधार पहल, समावेशी वातावरणको सिर्जना र स्थानीय समुदायलाई सकारात्मक प्रभाव पार्ने क्षमताको आधारमा मनोनयनहरु निर्धारण गरिन्छ।

मेटलाइफ विश्वको अग्रणी जीवन बीमा कम्पनीमध्ये एक हो। कम्पनीले नेपालसहित विश्वभरका ४० भन्दा बढी देशमा सञ्चालन गर्दछ र ग्राहक, कर्मचारी तथा समाजलाई जिम्मेवार सेवा प्रदान गर्ने लामो इतिहास रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS