IME Life New

माबिलुङ्ग इनर्जीको आइपीओ बाँडफाँड, नपरेको शेयर वापतको रकम साउन २२ गतेबाटबाट फिर्ता हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माबिलुङ्ग इनर्जी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानिय तथा वैदेशिक रोजगारमा रहेका नेपालीका लागि निष्काशन तथा बिक्री गरेको आईपीओ बाँडफाँड गरेको छ । कम्पनीले आफ्नो जारी पूँजी रु ३८,५८,२४,००० को ४८.९९९८१ अर्थात रु १८,९०,५३,००० बराबरको १ सय रुपैयाँ अंकित दरका १८,९०,५३० कित्ता साधारण शेयर सर्वसाधारणको लागि निष्काशन स्वीकृत विवरण मार्फत जारी पूँजीको १० प्रतिशत अर्थात रु ३,८५,८२,४०० को १ सय रुपैयाँ अंकित दरका ३,८५,८२४ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र (उद्योग प्रभावित क्षेत्र) क्षेत्र अर्थात संखुवासभा जिल्लाको मोदि नगरपालिका वडा नं ५, ६, ७, ८, ९ र चैनपुर नगरपालिका वडा नं २, ३, ७, ८, ९ मा स्थायी बसोवास गर्ने नेपाली नागरिकहरुको निमित्त तपसिल बमोजिम धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ को अधिनमा रही निष्काशन गरी बिक्री वितरण गरिएको हो ।

साथै, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुलाई शेयर बाँडफाँड गरे पश्चात् बाँकी सर्वसाधारणलाई रु १५,०४,७०,७०० रकम बराबरको १ सय रुपैयाँ अंकित दरका १५,०४,७०६ कित्ता शेयर मध्ये १,५०,४७१ कित्ता (१० प्रतिशत) नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि मिति २०८२ असार २२ गतेदेखि २०८२ श्रावण ०४ गतेसम्म बिक्री खुल्ला गरिएकोमा सो अवधिभित्र रितपूर्वक आवेदन दिने आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरु मध्ये ३८, ५८२ जना आवेदकहरुलाई ३,८५,८२४ कित्ता र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपाली नागरिकहरुबाट रितपुर्वक प्राप्त शेयर खरीद आवेदनहरु मध्ये १५,०४७ जना आवेदकहरुलाई १,५०,४७१ कित्ता शेयर बाँडफाँड सम्बन्धी प्रचलित कानून बमोजिम साउन १८ गते आइतबार बाँडफाँड गरिएको हो ।

Esewa
Crest

साथै आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको शेयर बाँडफाँड सम्बन्धी विवरण धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको वेबसाइट https://lscapital.com.np/ बाट मात्र हेर्न सकिनेछ भने विदेशमा बसी रोजगारी गरिरहेका नेपाली नागरिकहरुको शेयर बाँडफाँड सम्बन्धी विवरण धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको वेबसाइटस् धधध।किअबउष्तब।िअयm।लउ वा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको वेभसाइटस्  https://iporesult.cdsc.com.np/ बाट पनि हेर्न सकिने छ ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको लागि निष्काशन गरिएको हकमा संकलन केन्द्रहरुबाट दरखास्त फाराम बुझाएका लगानीकर्ताहरुको बाँडफाँडमा आंशिक नपरेका शेयर वापतको रकम साउन २२ गते बिहीबारदेखि सम्बन्धित आवेदकहरुले आफूले दरखास्त फाराममा उल्लेख गरेको बैंक खातामा रकमान्तर गरिने व्यवस्था मिलाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS