काठमाडौं । लुम्बिनी विकास बैंकले माग गरेको कर्मचारीका लागि आवेदन दिन २ दिन बाँकी रहेको छ । बैंकले ट्रेनी जूनियर असिस्टेन्टका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । यस पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापनमा न्युनतम ब्याजलर डिग्री गरेको हुनुपर्ने जनाइएको छ । यस पदमा आवेदन दिनका लागि २८ वर्ष ननाघेको हुनुपर्ने समेत बैंकले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले चैत १८ गतेभित्र आवेदन दिनुपर्ने उल्लेख गरिएको छ ।













