IME Life New
GBIME

नेपाल, नेसनल र एलआईसी नेपाललाई महत्वपूर्ण सूचकहरुमा दाँजेर हेर्दा

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ, नेसनल लाइफ र लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल) नेपालमा स्थापित र पुराना जीवन बीमा कम्पनी हुन्। यी कम्पनीले आर्थिक वर्ष २०८१।८२ तेस्रो त्रैमाससम्मको वित्तीय प्रतिवेदन सार्वजनिक गरेको अवस्थामा इन्स्योरेन्स खबरले गरेको तुलनात्मक अध्ययनः

चुक्तापुँजीः तेस्रो त्रैमासको वित्तीय विवरणका आधारमा नेपाल लाइफको चुक्तापुँजी ९ अर्ब २ करोड रहेको छ भने नेसनल लाइफको चुक्तापुँजी ५ अर्ब २१ करोड रहेको छ। त्यस्तै एलआईसी नेपालको चुक्तापुँजी ५ अर्ब रहेको छ।

Crest

रिटेन्ड अर्निङः नेपाल लाइफको रिटेन्ड अर्निङमा १ अर्ब १८ करोड ३८ लाख रहेको छ भने नेसनल लाइफको रिटेन्ड अर्निङमा ८५ करोड ५१ लाख रहेको छ। त्यस्तै एलआईसी नेपालको रिटेन्ड अर्निङमा ३ अर्ब ३७ करोड ३९ लाख रहेको छ।

अन्य इक्विटीः नेपाल लाइफको अन्य इक्विटीमा ७२ करोड ५७ लाख रहेको छ भने नेसनल लाइफको अन्य इक्विटीमा ४० करोड ७० लाख रहेको छ। त्यस्तै एलआईसी नेपालको अन्य इक्विटीमा ३९ करोड ८९ लाख रहेको छ।

जीवन बीमा कोषः जीवन बीमा कम्पनीहरुका लागि जीवन बीमा कोषको निकै महत्व रहेकोमा नेपाल लाइफको जीवन बीमा कोषमा २ खर्ब २५ अर्ब ६७ करोड रहेको छ भने नेसनल लाइफको जीवन बीमा कोषमा ८१ अर्ब ३२ करोड रहेको छ। त्यस्तै एलआईसी नेपालको जीवन बीमा कोषमा १ खर्ब २९ अर्ब ८० करोड रहेको छ।

कुल बीमाशुल्क आर्जनः नेपाल लाइफले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३२ अर्ब ८७ करोड कुल बीमाशुल्क आर्जन गरेको छ भने नेसनल लाइफले १४ अर्ब २६ करोड कुल बीमाशुल्क आर्जन गरेको छ। त्यस्तै एलआईसी नेपालले १४ अर्ब ३ करोड कुल बीमाशुल्क आर्जन गरेको छ।

खुद बीमा बीमाशुल्क आर्जनः नेपाल लाइफले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३२ अर्ब ५० करोड खुद बीमाशुल्क आर्जन गरेको छ भने नेसनल लाइफले १४ अर्ब ७ करोड खुद बीमाशुल्क आर्जन गरेको छ। त्यस्तै एलआईसी नेपाल १३ अर्ब ९५ करोड खुद बीमाशुल्क आर्जन गरेको छ।

अभिकर्ता कमिसनः चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नेपाल लाइफले २ अर्ब ४१ करोड १६ लाख अभिकर्ता कमिसनमा खर्च गरेको छ भने नेसनल लाइफको १ अर्ब ४८ करोड ५० लाख रहेको छ। त्यस्तै एलआईसी नेपालको ९८ करोड २८ लाख रहेको छ।

खुद नाफाः तेस्रो त्रैमाससम्म नेपाल लाइफले ६५ करोड २२ लाख खुद मुनाफा गरेकोमा नेसनल लाइफले ४० करोड ८५ लाख रुपैयाँ खुद मुनाफा गरेको छ। त्यस्तै एलआईसी नेपालले २३ करोड ६० लाख रुपैयाँ खुद मुनाफा गरेको छ।

प्रतिशेयर आम्दानीः नेपाल लाइफको वार्षिक प्रतिशेयर आम्दानी ९.६३ रुपैयाँ छ भने नेसनल लाइफको १०.४९ रुपैयाँ छ। त्यस्तै एलआईसी नेपालको ६.२९ रुपैयाँ छ।

प्रतिशेयर नेटवर्थः नेपाल लाइफको प्रतिशेयर नेटवर्थ १३५.८१ रुपैयाँ छ भने नेसनल लाइफको १३६.४७ रुपैयाँ छ। त्यस्तै एलआईसी नेपालको १९८.९७ रुपैयाँ छ।
(नोटः उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणबाट तयार गरिएको हो। यो विश्लेषण पूर्ण होइन। लगानीकर्ताले कारोबारको निर्णय लिनुअघि थप अनुसन्धान गर्नुपर्नेछ।’

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS