IME Life New

जीवन बीमकको करिब १२%ले बढ्यो नाफा, कसको कति ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमास (साउन–चैत)सम्म जीवन बीमा कम्पनीहरुले ४ अर्ब ८८ करोड रुपैयाँ बढी नाफा आर्जन गर्न सफल भएका छन्।

हाल सञ्चालनमा रहेका १४ वटा बीमा कम्पनीले सार्वजनिक गरेका दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार कम्पनीहरुले कुल ४ अर्ब ८८ करोड ७३ लाख रुपैयाँ नाफा आर्जन गरेका हुन्। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीहरुले ४ अर्ब ३६ करोड ६२ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा बीमा कम्पनीहरुको नाफा ११.९३ प्रतिशतले बढेको छ।

Esewa
Crest

अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १२ वटा जीवन बीमा कम्पनीको नाफा बढेको छ भने २ वटाको घटेको छ। सर्वाधिक नाफा आर्जन गर्नेमा नेपाल लाइफ रहेको छ भने वृद्धिदरका हिसाबले एसियन लाइफ अगाडि रहेको छ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नेपाल लाइफले ६५ करोड २२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ६० करोड ३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। कम्पनीको नाफा ८.६४ प्रतिशतले बढेको छ।

दोस्रो धेरै नाफा आर्जन गर्नेमा हिमालयन लाइफ रहेको छ। अघिल्लो वर्ष हिमालयन लाइफले ४३ करोड ५४ लाख रुपैयाँ नाफा आर्जन गरेकोमा समीक्षा अवधिमा बढेर ४७ करोड २४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ८.४९ प्रतिशतले बढेको छ।

धेरै नाफा आर्जन गर्ने तेस्रो कम्पनीमा रिलायबल नेपाल लाइफ रहेको छ। यो कम्पनीले समीक्षा अवधिसम्म ४६ करोड ५७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ३४ करोड २ लाख रुपैयाँ नाफा कमाएको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा ३६.८८ प्रतिशतले बढेको छ।

चालु आर्थिक वर्षको तेस्रोे त्रैमाससम्म नेसनल लाइफले ४० करोड ८५ लाख रुपैयाँ, आइएमई लाइफले ३६ करोड ६३ लाख रुपैयाँ, सिटिजन लाइफले ३५ करोड ७६ लाख रुपैयाँ, मेटलाइफले ३४ करोड ५१ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ३३ करोड ७६ लाख रुपैयाँ र एसियन लाइफले ३३ करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। अघिल्लो वर्षको तुलनामा नेसनल लाइफको नाफा ५.१९ प्रतिशत, आइएमई लाइफको १०.४९ प्रतिशत, सिटिजन लाइफको २७.१४ प्रतिशत, मेटलाइफको २७.६१ प्रतिशत, सानिमा रिलायन्स लाइफको १०.७७ प्रतिशत र एसियन लाइफको ५९.५१ प्रतिशतले नाफा बढेको छ।

यसैगरी चालु आर्थिकको चैतसम्म सन नेपाल लाइफले ३२ करोड ८९ लाख रुपैयाँ, सूर्यज्योति लाइफले २९ करोड ५७ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले २७ करोड ७ लाख रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल)ले २३ करोड ६० लाख रुपैयाँ र राष्ट्रिय जीवन बीमा कम्पनीले १ करोड ५४ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। अघिल्लो वर्षको तुलनामा सन नेपाल लाइफको नाफा ३३.३६ प्रतिशतले घट्दा सूर्यज्योतिको ३१.९० प्रतिशत, प्रभु महालक्ष्मीको ०.६७ प्रतिशत र एलआईसी नेपालको २२.६६ प्रतिशतले बढेको छ। राष्ट्रिय जीवन बीमा कम्पनीको नाफामा पनि ३७.१० प्रतिशतको संकुचन आएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS