IME Life New

वैदेशिक रोजगार बीमाको व्यापार खोसिने भएपछि तनावमा जीवन बीमकका सिइओ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार म्यादी बीमा खारेजी गरेर कल्याणकारी कार्यक्रम सञ्चालनको प्रस्तावसँगै मस्याैदा अघि सारेपछि जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीइओ) हरू तनावमा छन्।

वैदेशिक रोजगारीमा जानेहरूका लागि अनिवार्य भएकाले वैदेशिक रोजगारी म्यादी बीमालेख जारी गरेर व्यापार गर्दै आएका जीवन बीमकहरूका लागि मन्त्रालयले अघि सारेको मस्याैदा टाउको दुःखाई बनेको हो।

Esewa
Crest

जीवन बीमकका प्रमुख कार्यकारी अधिकृतहरूले विषयगत मन्त्रीसँग भेटेर वैदेशिक रोजगारी बीमाको विषयमा छलफल गरेपनि अझैसम्म सम्बोधन हुन सकेको छैन।

वैदेशिक रोजगार ऐन, २०६४ को संशोधनका लागि तयार पारिएको विधेयकमा वैदेशिक रोजगार बीमालेख बन्द गरेर वैदेशिक रोजगार विभागमार्फत श्रमिक कल्याणकारी कोष सञ्चालन गरेर श्रमिकलाई क्षतिपूर्ती वितरण गर्ने प्रस्ताव गरिएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार ऐन, २०६४ मा संशोधन गर्न तयार गरेको विधेयकमा निजी कम्पनीहरुबाट वैदेशिक रोजगारमा जानेहरुको वैदेशिक रोजगार म्यादी जीवन बीमालेख जारी गर्नुपर्ने प्रावधान हटाउन प्रस्ताव गरिएको हो।

वैदेशिक रोजगार म्यादी बीमालेख अनिवार्य गर्ने प्रावधान नेपाल बीमा प्राधिकरणले नभएर श्रम मन्त्रालयले गरेको हो। यो बीमालेख बिक्रीवापतको बीमाशुल्क आम्दानीले जीवन बीमकको कुल वार्षिक बीमा कारोबारमा १० प्रतिशत हिस्सा ओगटेको छ।

यो बीमालेख २ वर्षे अवधिका लागि मात्र जारी गरिने भएकाले छोटो अवधिमै दाबीभुक्तानी दायीत्वको निर्क्याैल गरेर बाँकी रकम शेयरधनी कोषमा सहजै सारेर शेयरधनीलाई नाफा बाँड्न पाइने भएकाले जीवन बीमकको लागि यो नाफा कमाउने सहज माध्यम बनेको छ।

अहिलेको ऐनमा वैदेशिक रोजगारमा जानेहरुले अनिवार्यरूपमा जीवन बीमा कम्पनीमार्फत वैदेशिक रोजगार म्यादी जीवन बीमा गर्नुपर्ने प्रावधान रहेको छ। प्रस्तावित विधेयकमा यसलाई हटाउँदै बीमाबापतको रकम कल्याणकारी कोषमा जम्मा हुने व्यवस्था गर्न लागिएको छ। यो व्यवस्था कार्यान्वयन भएमा कामदारको कल्याणकारी कोष थप बलियो हुने मन्त्रालयको ठहर छ।

यसैगरी गन्तव्य मुलुकमा अंगभंग वा गम्भीर बिरामी भई उपचार गराउँदा गराउँदै वा नेपाल आएर उपचारकै क्रममा मृत्यु भएमा आर्थिक सहायता उपलब्ध गराउने र बिदामा नेपालमा आएको श्रमिकको करार अवधिभित्र मृत्यु भए आर्थिक सहायता उपलब्ध गराउन कल्याणकारी कोषलाई थप फराकिलो बनाउने प्रस्ताव गरिएको छ।

वैदेशिक रोजगारी बीमालेखको कारोबारले जीवन बीमकबीच अस्वस्थ्य प्रतिस्पर्धा निम्त्याएको छ। यसबाहेक व्यवसाय हात पार्नका लागि भुक्तानी सेवा प्रदायकमार्फत वैदेशिक रोजगार दलाल(म्यान पावर) कम्पनीलाई दिइने अवैध कमिशनले सम्पत्ती शुद्धिकरणको जोखिम झनै बढाएको छ।

लघु बीमाबाट लघुवित्त कम्पनीले अवैध लाभ लिएजस्तै वैदेशिक रोजगारी बीमाबाट म्यान पावर कम्पनीले अवैध लाभ प्राप्त गरेको विषयमा वैदेशिक रोजगार विभागका अधिकारीहरू जानकार छन् । वैदेशिक रोजगार विभागको महानिर्देशक रहि सकेका मदन दाहाल लगायतका अधिकारीहरू कुनै न कुनै समयमा अर्थमन्त्रालयको प्रतिनिधित्व गर्दै प्राधिकरणको सञ्चालक समितिमा सहभागि भएकाले उनीहरू वैदेशिक रोजगार बीमा व्यवसायभित्रको असंगत अभ्यासबारे जानकार छन् ।

वैदेशिक रोजगार बीमालेखवापतको आम्दानी बाँडफाँडका लागि नेपाल बीमा प्राधिकरणले बीमा पुल सञ्चालन र व्यवस्थापन सम्बन्धि निर्देशिका जारी गरेपनि यो विषयमा जीवन बीमकबीच किचलो कायमै रहेको छ। व्यवसाय बाँडफाँड सम्बन्धि निर्देशिकालाई चुनाैती दिंदै सर्वोच्च अदालतमा दायर भएको रिट अझै पनि विचाराधिन छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

40%
happy

खुसी

30%
sad

दु :खी

20%
amazed

अचम्मित

10%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS