IME Life New

जीवन बीमकले ३ महिनामा दिए रु. ११ अर्ब दाबी, अझै रु. ५ अर्ब भुक्तानी गर्न बाँकी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुले तीन महिनाको अवधिमा बीमित र उनीहरुको आश्रितलाई ११ अर्ब ५७ करोड ५४ लाख रुपैयाँ दाबी भुक्तानी दिएका छन्।

इजाजत प्राप्त तीन लघु जीवन बीमक र १४ जीवन बीमकसहित १७ कम्पनीले चालु आर्थिक वर्ष २०८२।८३ को असोज मसान्त्तसम्म यो रकम भुक्तानी गरेका हुन्। यो अवधिमा गत आवको सोही अवधिको तुलनामा दाबी भुक्तानी वापतको रकममा १९.६३ प्रतिशत वृद्धि भएको छ।

Esewa
Crest

नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्यांकअनुसार जीवन बीमकले तीन महिनाको अवधिमा भुक्तानी गरेको दाबीको संख्या ५८ हजार ८६३ रहेको छ। गत आर्थि वर्ष २०८१।८२ को पहिलो त्रैमासको तुलनामा यो वर्ष दाबी भुक्तानी संख्या १७.१३ प्रतिशतले बढेको छ।

भुक्तानी गरिएको दाबी संख्यामाअन्तर्गत लघु म्यादी, वैदेशिक रोजगारी म्यादी, परिपक्व दाबी, बीमाशुल्क छुट सुविधा, अपांगता क्षतिपूर्तिसहितको दाबी संख्या समावेश छ।

गत आर्थिक वर्ष २०८१।८२ को पहिलो त्रैमासमा अघिल्लो गत आर्थिक वर्ष २०८०।८१ को तुलनामा दाबी भुक्तानीबापतको रकम अंक १७.५२ प्रतिशत वृद्धि दर्ज भएको थियो। दाबी संख्या भने ६.०१ प्रतिशत बढेको थियो।

प्राधिकरणका अनुसार गत असोज मसान्तसम्मको अवधिमा जीवन बीमकले ५७ हजार ३२१ वटा दाबीअन्तर्गतको ४ अर्ब ९१ करोड ४ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS