काठमाडौं । आर्थिक वर्ष २०८२/ ८३ को पुस महिनासम्ममा जीवन बीमा कम्पनीहरुले ९४ अर्ब ३७ करोड माथि कुृल बीमाशुल्क संकलन गरेका छन् । बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्याङक अनुसार यी कम्पनीहरुले १ करोड १४ लाख ५५ हजार २३५ वटा बमिा पोलिसी बिक्री गरी ९४ अर्ब ३७ करोड ९७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।
यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सले कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा २५ अर्ब ५१ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेशनल लाइफले ११ अर्ब ३७ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । एलआइसी नेपालले १० अर्ब २२ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
हिमालयन लाइफले ८ अर्ब ६२ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीले ६ अर्ब ३३ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सूर्यज्योति लाइफले ५ अर्ब ६६ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । एशियन लाइफले ४ अर्ब ६४ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सिटिजन लाइफले ४ अर्ब ४ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
सानिमा रिलायन्स लाइफले ३ अर्ब ६३ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । मेट लाइफले ३ अर्ब २४ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । आइएमई लाइफले ३ अर्ब १८ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । रिलायबल नेपाल लाइफले २ अर्ब ९८ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । प्रभु महालक्ष्मी लाइफले २ अर्ब ७९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सन नेपाल लाइफले २ अर्ब ११ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।













