काठमाडौं । आर्थिक वर्ष २०८२/ ८३ को बैशाख महिनासम्ममा जीवन बीमा कम्पनीहरुले साढे १ खर्ब माथि कुल बीमाशुल्क संकलन गरेका छन् । कम्पनीहरुले यस अवधिसम्ममा १ करोड १६ लाख ८४ हजार ८८३ वटा बमिा पोलिसी बिक्री गरी १ खर्ब ५६ अर्ब १७ करोड ४९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको प्राधिकरणले प्रकाशन गरेको तथ्याङकमा उल्लेख छ ।
यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफले कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा ४१ अर्ब १६ करोड ६६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेशनल लाइफले १९ अर्ब २ करोड ५९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । एलआइसी नेपालले १६ अर्ब ८४ करोड २८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
त्यस्तै, हिमालयन लाइफले १४ अर्ब ५५ करोड ५२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीले १० अर्ब ९ करोड ६२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सूर्यज्योति लाइफले ९ अर्ब ५० करोड ९० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । एशियन लाइफले ८ अर्ब १ करोड ५२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
सिटिजन लाइफले ६ अर्ब ७८ करोड ७६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सानिमा रिलायन्स लाइफले ५ अर्ब ९८ करोड ४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । आइएमई लाइफले ५ अर्ब ५० करोड २६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । मेट लाइफले ५ अर्ब ४९ करोड ९९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
रिलायबल नेपाल लाइफले ४ अर्ब ९४ करोड १४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । प्रभु महालक्ष्मी लाइफले ४ अर्ब ७० करोड ७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सन नेपाल लाइफले ३ अर्ब ५५ करोड ८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।












