IME Life New

कुल बीमाशुल्कमा जीवन बीमाको हिस्सा साढे ७९%, कस्तो छ कम्पनीहरुको व्यापार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको माघसम्म बीमा व्यापार बढेको छ। कम्पनीहरुको बीमालेख संख्यासँगै बीमाशुल्क संकलन बढेको हो।
अर्थ मन्त्रालयले जारी गरेको माघसम्मको आर्थिक बुलेटिनले यस्तो देखाएको हो। आर्थिक बुटेलिनअनुसार बीमाको दायरामा आएको जनसंख्या भने घटेको छ।

चालु आर्थिक वर्षको माघसम्म जारी भएको कुल बीमालेख संख्यामा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.०९ प्रतिशतले वृद्धि भई १ करोड ५९ लाख ७५ हजार ७ सय ७५ पुगेको छ। यस अवधिमा बैदेशिक बीमालेख संख्यामा उल्लेख्य वृद्धि, निर्जीवन बीमालेख तथा म्यादी र लघु म्यादी बीमालेख संख्यामा समेत वृद्धि भए पनि अन्य जीवन बीमालेख संख्यामा कमी आएको छ। गत आर्थिक वर्षको सोही अवधिमा कुल बीमालेख संख्या १ करोड ५४ लाख ९७ हजार रहेको थियो।

Esewa
Crest

चालु आर्थिक वर्षको माघसम्म संकलन भएको बीमा प्रिमियम रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.३० प्रतिशतले वृद्धि भई रु. १ खर्ब २० अर्ब ७८ करोड ८९ लाख पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा उक्त रकम रु. १ खर्ब ९ अर्ब ५१ करोड ४ लाख रहेको थियो।

चालु आर्थिक वर्षको माघसम्म जारी भएको म्यादी, लघु म्यादी र वैदेशिक रोजगार बीमालेखसहित बीमाको दायरामा आएको जनसंख्या ४३.९४ प्रतिशत रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा उक्त जनसंख्या ४३.१६ प्रतिशत रहेको थियो।

यस अवधिको कुल बीमालेखमध्ये जीवन बीमा र निर्जीवन बीमाको हिस्सा क्रमशः ८८.६ प्रतिशत र ११.४ प्रतिशत रहेको छ। गत वर्षको माघसम्म यस्तो हिस्सा क्रमशः ८९.० प्रतिशत र ११.० प्रतिशत रहेको थियो। यस अवधिको कुल बीमा प्रिमियम रकममा जीवन बीमा र निर्जीवन बीमातर्फको हिस्सा क्रमशः ७९.५ प्रतिशत र २०.५ प्रतिशत रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS