IME Life New

काठमाडाैं महानगरले शिक्षण अस्पताललाई दियो रू १ करोड ७० लाखको विद्युतीय उपकरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महानगरपालिका कार्यालयले त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पताललाई १ करोड ७० लाख रूपैयाँ मूल्य बराबरको विभिन्न विद्युतीय उपकरण र कम्प्युटर उपलब्ध गराएको छ।

कार्यवाहक मेयर सुनिता डंगोलका अनुसार, बिरामीले टिकट काट्न लाम लाग्नु नपर्ने गरी र प्रयोगशालाको रिपोर्ट अाफैंले झिक्न मिल्ने प्रविधि सहितको उपकरण हस्तान्तरण गरिएको हो।

Esewa
Crest

महानगरका लागि अनुसार, सेवाशुल्कहरू विद्युतीय  उपकरणमा भुक्तानी गर्न सकिने, प्रयोगशालाको प्रतिवेदन बिरामी आफैँले मुद्रण गर्न सक्ने, उपचारका लागि घरबाटै पैसा भुक्तानी गर्न सकिने सुविधा भएका १६ वटा इन्टर्याक्टिभ किओक्स मेसिन उपलब्ध गराइएको छ। यसबाहेक प्रयोगशाला जाँच नतिजा तथा परीक्षण लगायत उपचारसँग सम्बन्धित सबै विवरण एकै ठाउँमा हेर्न सकिने ६५ वटा डेस्कटप कम्प्युटर समेत उपलब्ध गराइएका छन् ।

साथै सूचना प्रविधिमार्फत् प्रदान गरिने सेवाको निर्वाध प्रवाहका लागि सर्भर र र्यामको क्षमता वृद्धि गरिएको छ ।

उपकरण हस्तान्तरण गर्दै कार्यवाहक प्रमुख डंगोलले, सरकारी अस्पतालहरुमा उपचार गराउन घण्टौँसम्म लाइन बसिरहनु पर्ने, पैसा तिर्न लामो लाइनमा बसेर समय खर्च गर्नु पर्ने अवस्था अन्त्य हुने विश्वास व्यक्त गरिन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS