IME Life New

कर्मचारी सञ्चय कोषमा जागिर खुल्यो, प्रमुख सहायकदेखि प्रबन्धकसम्म ३८ जनालाई अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कर्मचारी सञ्चय कोषमा जागिर खुलेको छ।

खुला प्रतिस्पर्धाबाट स्थायी पदपूर्तिका लागि कोषले प्रमुख सहायकदेखि प्रबन्धकसम्म ३८ जनाका लागि दरखास्त आह्वान गरेको हो। इच्छुक योग्य व्यक्तिले यो सूचना प्रकाशित मितिले २१ दिनभित्र र दोब्बर दस्तुर तिरी थप ७ दिनभित्र अनलाइनमार्फत आवेदन दिनुपर्नेछ।

Esewa
Crest

कोषले प्रशासनतर्फ प्रमुख सहायक (पाँचौँ तह)मा २२ जना पदपूर्ति गर्न लागेको छ। सहायक प्रबन्धक (छैटौँ तह)तर्फ प्रशासन, कानुन र प्राविधिक तथा सूचना प्रविधिमा ११ जनाका लागि दरखास्त आह्वान गरिएको छ।

यसैगरी उपप्रबन्धक (सातौँ तह)तर्फ चार्टर्ड एकाउन्टेन्ट ३ जना र प्रशासनमा १ जना पदपूर्तिका लागि कोष दरखास्त खुलाएको छ। आठौँ तहको प्रबन्धकमा पनि प्रशासनतर्फ १ जना कोषले पदपूर्ति गर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS