IME Life New

जीवन बीमा गर्नुभन्दा पहिले बीमकको दाबी र दाबी भुक्तानी अनुपातबारे बुझ्न जरुरी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रत्येक व्यक्तिले जीवन बीमा गर्नु धेरै महत्वपूर्ण छ। तर, अझै धेरै मानिस बीमालाई पैसाको बर्बादी ठान्छन् र बीमा गर्दैनन्।

नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार हालसम्म जनसंख्याको ४५ प्रतिशत बीमाको दायरामा छन्। बीमा धेरै महत्वपूर्ण छ। यसबाट मानिसले आफ्नो भविष्य सुरक्षित गर्न सक्छन्। यसका साथै भविष्यमा भारी खर्चबाट पनि बच्न सकिन्छ।

Esewa
Crest

जब धेरैजसो मानिस जीवन बीमा लिन्छन् तब उनीहरुले प्रिमियम, कर छुट र बीमा रकममात्र हेर्छन्। तर, यसबाहेक बीमा गर्दा ध्यानमा राख्नुपर्ने अर्को महत्वपूर्ण कुरा पनि छ। त्यो हो दाबी भुक्तानी अनुपात अर्थात् (क्लेम पेमेन्ट रेसियो (सीपीआर) ।

बीमामा सीपीआर भनेको के हो ?

जीवन बीमामा सीपीआर अर्थात् दाबी भुक्तानी अनुपातले बीमा कम्पनीले तपाइँको परिवारलाई समस्याको समयमा कति दाबी दिनेछ भन्ने निर्धारण गर्छ। सीपीआरले बीमा कम्पनीले आफ्ना ग्राहकलाई प्राप्त गरेको दाबीको रकमबाट कति पैसा तिर्छ भनेर बताउँछ। एउटा उदाहरणबाट बुझौँः जस्तै एउटा बीमा कम्पनीले १ लाख दाबी प्राप्त गरेको छ र कम्पनीले त्यसमध्ये ७५ हजारको भुक्तानी गरेको छ भने त्यो बीमा कम्पनीको सीपीआर ७५ प्रतिशत हुन्छ।

सीपीआर जाँच गर्नु किन आवश्यक छ ?

बीमा लिनुको फाइदा भनेको जब कम्पनीले तपाइँलाई कठिन समयमा सहयोग गर्छ। तर, यदि कम्पनीले तपाइँलाई कठिन समयमा सहयोग गर्दैन भने बीमाको फाइदा के हो ? यस्तो अवस्थामा सीपीआरले कम्पनीमा विश्वासलाई बलियो बनाउँछ र मानिसलाई कम्पनीले कठिन समयमा मद्दत गर्नेछ भन्ने आश्वासन दिन्छ।

बीमामा सीएसआर भनेको के हो ?

बीमामा क्लेम सेटलमेन्ट रेसियो (सीएसआर) शब्द पनि छ । जसको अर्थ दाबी फर्छ्यौट अनुपात हो। ऋक्च् ले कम्पनीले कुल कति दाबी फर्छ्यौ गरेको छ भनेर बताउँछ। उदाहरणबाट बुझौँः यदि कम्पनीले १ हजार दाबी प्राप्त गरेको छ र तीमध्ये कम्पनीले ९६० फर्छ्यौट गरेको छ भने, कम्पनीको सीएसआर ९६ प्रतिशत हुनेछ। यसले कम्पनीमा मानिसको विश्वासलाई पनि बलियो बनाउँछ।

नेपाल जीवन बीमा क्षेत्रमा अभिकर्ताको भूमिका महत्वपूर्ण छ। अभिकर्तामार्फत नै मानिसहरुले जीवन बीमा गरिरहेका हुन्छन्। कतिपय मानिस बीमा गर्नका लागि कम्पनीसम्म पुग्नै पर्दैन।

फाराम भरेर दिएपछि अभिकर्ताले नै कम्पनीमा गएर बीमा गरेर बीमा फाइल बीमितलाई दिने गर्छन्। त्यसैले अभिकर्ताले नै आफ्नो कम्पनीको सीपीआर र सीएसआरबारे मानिसहरुलाई जानकारी दिनुपर्छ। यसो गर्नाले मानिसको विश्वास अभिकर्ताप्रति बढ्छ भने सही कम्पनी छनौट गर्न पनि मद्दत पुग्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS