IME Life New

काठमाडौंमै बीमाको अवस्था दयनीयः पोषक पौडेल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमक संघ नेपालका अध्यक्ष एवं सिटिजन लाइफ इन्स्योरेन्सका सीईओ पोषकराज पौडेलले देशको राजधनी काठमाडौंजस्तो ठाउँमै बीमाको अवस्था दयनीय रहेको धारणा राखेका हुन्।

नेपाल बीमा तथा जोखिम व्यवस्थापन संघ (निर्मा)को छैटौँ वार्षिकोत्सवका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा सीईओ पौडेलले यस्तो धारणा राखेका हुन्। ‘यही ठाउँमा केही समय अगाडि कसले गर्यो भन्दा पनि यही ठाउँमा ठूलो क्षति भएको थियो । तत्कालको क्षति हेर्ने हो भने यहाँ ठूलो आन्दोलन भएको थियो । घरहरुमा क्षति भएको थियो’, उनले भने, ‘पत्रपत्रिकाको फ्रन्ट पेजमा ४७ करोडको क्षति भएको रे तर जम्मा ४ करोडको बीमा गरेका रहेछन् भन्ने खबर आयो। काठमाडौंजस्तो सेन्टर ठाउँमा बीमा अवस्था यस्तो छ।’

Esewa
Crest

पौडेलले भने, ‘जोखिमलाई अझै हेर्नुपर्छ र जोखिमलाई अझै व्यवस्थापन गर्नुपर्छ भनेर जर्नल निकाल्नुपर्छ भनेर यहाँहरु लाग्नुभएको छ, यो धेरै राम्रो हो। तपाइँहरुको धेरै वर्ष यसैगरी अगाडि बढ्नुहोस्, यसमा हाम्रो धेरै शुभकामना छ । हामीकहाँ जोखिम हस्तान्तरण गर्ने कल्चर छैन । ठूलो ग्याप छ ।’

जोखिम हस्तान्तरण गर्ने र जोखिम छ भन्ने मनन गर्ने पनि यहाँ कल्चर नरहेको पौडेलको भनाइ थियो। ‘जोखिम छ है भनेर हामी आफूले आफैँलाई हेर्दैनौँ’, उनले भने, ‘यो कारणले पनि जोखिमका बारेमा बुझ्ने, जोखिमका बारेमा जनचेतना दिने र जोखिम हस्तान्तरण गर्ने कल्चर सबैले विकास गर्नुपर्नेछ ।’

पौडेलले यो क्षेत्रमा लाग्ने सबैले चाहे सम्पत्ति होस् वा चाहे मानव जीवन होस् वा जीवनसँग जोडिएका अन्य वस्तुको होस्, सबैको बीमा गरेर जोखिम हस्तान्तरण गर्न जरुरी रहेको औंल्याए। ‘जोखिम हस्तान्तरणमात्रै होइन व्यवस्थापन पनि राम्रोसँग गर्नुपर्छ’, उनले भने, ‘हो, यही बीमा जोखिम व्यवस्थापनका लागि निर्माले जुन लक्ष्य लिएको छ, नेपालमा पहिलो संस्था होला यस्तो जोखिमका लागि एसिसमेन्ट लिएर काम गर्ने यसका लागि पनि हामी धन्य छौँ ।’

बजेट निर्माणका क्रममा पनि हाइड्रो सेक्टरमा हुन सक्ने जोखिम भोलि आइहाल्यो भने पनि कसरी व्यवस्थापन गर्ने र त्यसको ब्याकअप प्लान के छ ? भन्ने छलफल भएको पाइएको कारणले पनि यो निर्माको कार्यक्रम अझै सान्दिर्भिक हुने पौडेलले बताए। ‘बीमामार्फत यो क्षेत्रलाई कसरी सुरक्षा गर्ने र कसरी बेटर गर्ने भन्ने विषय पनि राम्रो हो’, उनले भने, ‘यो छलफल सार्थक रहोस् भन्दै निर्मालाई धेरै शुभकामना छ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS