IME Life New

विवाहमा श्रीमतीलाई बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इलाम नगरपालिका ५ निवासी नारायण श्रेष्ठले विवाहको अवसरमा श्रीमतीलाई जीवन बीमा पोलिसी उपहार दिएका छन् ।

मङ्गलबार विवाहबन्धनमा बाँधिएका श्रेष्ठले बुधबार प्रीतिभोजको दिन श्रीमती सुजता लुङ्गेली (युना)लाई हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेडको बीमा पोलिसी उपहार दिएका हुन् ।

Esewa
Crest

हिमालयन लाईफ इन्स्योरेन्स कम्पनीका सक्रिय अभिकर्तासमेत रहेका श्रेष्ठले सुजतालाई १० लाखको सावधिक जीवन बीमा पोलिसी उपहार दिएका हुन् । श्रेष्ठले अन्य उपहार भन्दा जीवनभर सुरक्षा र बुढेसकालका लागि बचत हुने भएकाले बीमा पोलिसी उपहार दिएको बताए । उनले विभिन्न अवसरहरूमा गरिने अनावश्यक खर्च र उपहारको साटो बीमा पोलिसी उपहार दिन सबैलाई आग्रह समेत गरे ।

कार्यक्रममा हिमालयन लाईफ इन्स्योरेन्स इलाम शाखा प्रमुख देविका वस्ती, मार्केटिङ स्टाफ कमल आचार्य, एमडीआरटीद्वय पुष्प खड्का र सागर रिजालको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS