IME Life New

बीमा कम्पनीको हकप्रद शेयरः ६ वटाले अनुमति पाउँदा अझै ४ वटा पर्खाइमा, कुन-कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको जेठ पहिलो सातासम्म बीमा क्षेत्रका ६ वटा कम्पनीको हकप्रद शेयरले निष्कासन अनुमति पाएका छन्। अझै पनि ४ वटा कम्पनीको हकप्रद शेयर निष्कासन अनुमतिको पर्खाइमा रहेका छन्।

नेपाल धितोपत्र बोर्डबाट चालु आर्थिकको हालसम्म जीवन बीमातर्फ लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी), सन नेपाल लाइफ इन्स्योरेन्स र एसियन लाइफ इन्स्योरेन्सले हकप्रद शेयर जारी गर्ने अनुमति पाएका छन्। यीमध्ये एलआईसीले आफ्ना शेयरधनीहरुलाई चुक्तापुँजीको ८८.४५ प्रतिशतले हुन आउने २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँबराबरको हकप्रद शेयर बिक्री गरिसकेको छ।

Esewa
Crest

सन नेपाल लाइफले हाल कायम चुक्तापुँजीको २७ प्रतिशतले हुन आउने १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँबराबरको हकप्रद शेयर बिक्री खुला गरिरहेको छ। एसियन लाइफले भने चुक्तापुँजीको ४२ प्रतिशतले हुन आउने १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँको हकप्रद शेयर जारी गर्न बुक क्लोजको मिति तय गरिसकेको छ भने जारी गर्ने मिति भने निर्धारण गरेको छैन।

यसैगरी नेपाल धितोपत्र बोर्डले निर्जीवन बीमातर्फ एनएलजी इन्स्योरेन्स, नेको इन्स्योरेन्स र नेपाल इन्स्योरेन्स हकप्रद शेयर जारी गर्न अनुमति दिइसकेको छ। तीमध्ये एनएलजी इन्स्योरेन्सले चुक्तापुँजीको ६२.६५ प्रतिशतले हुन आउने ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँ र नेको इन्स्योरेन्सले चुक्तापुँजीको २५ प्रतिशतले हुन आउने ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँबराबरको हकप्रद शेयर जारी गरिसकेका छन्।

नेपाल इन्स्योरेन्सले भने चुक्तापुँजीको ४० प्रतिशतले हुन आउने ६५ करोड ७६ लाख ९३ हजार ७७६ रुपैयाँबराबरको हकप्रद शेयर ल्याउन अनुमति पाएको छ। यद्यपि, यो कम्पनीले हकप्रद शेयर जारी गर्ने मिति तय गरिसकेको छैन।

धितोपत्र बोर्डले चालु आर्थिक वर्षको अहिलेसम्म बीमा कम्पनीसँगै १५ वटा कम्पनीलाई हकप्रद शेयर जारी गर्न अनुमति दिएको छ। ती सबै कम्पनीले १४ अर्ब ७० करोड ३६ लाख ६५ हजार १२३.५० रुपैयाँबराबरको हकप्रद शेयर ल्याउन अनुमति पाएका छन्।

यसैगरी धितोपत्र बोर्डको पाइपलाइनमा ३ वटा निर्जीवन बीमा कम्पनी र एउटा जीवन बीमा कम्पनीको हकप्रद शेयर रहेको छ। जसमा निर्जीवन बीमातर्फ सानिमा जीआईसी, प्रभु र युनाइटेड अजोड रहेका छन् भने जीवन बीमातर्फ प्रभु महालक्ष्मी रहेका छन्।

र्जीवन बीमातर्फ सानिमा जीआईसीले चुक्तापुँजीको २५ प्रतिशतले हुन आउने ५० करोड रुपैयाँ, प्रभु इन्स्योरेन्सले ५०.१५ प्रतिशतले हुन आउने ८३ करोड ५० लाख १३ हजार ५४४ रुपैयाँ र युनाइटेड अजोडले १५ प्रतिशतले हुन आउने ३१ करोड ५० लाख रुपैयाँबराबरको हकप्रद शेयर जारी गर्न अनुमति मागेको छन्।

त्यस्तै प्रभु महालक्ष्मी लाइफले हाल कायम चुक्तापुँजीको १७ प्रतिशतले हुन आउने ७३ करोड ३ लाख २० हजार रुपैयाँबराबरको हकप्रद शेयर ल्याउन धितोपत्र बोर्डसँग अनुमति मागेका छन्।

धितोपत्र बोर्डको पाइपलाइनमा बीमा कम्पनीसँगै अझै १३ वटाा कम्पनीको हकप्रद शेयर अनुमति पर्खाइमा रहेका छन्। ती कम्पनीले ६ अर्ब ६२ करोड ३२ लाख ४२ हजार ४०२ रुपैयाँबराबरको हकप्रद जारी गर्ने तयारीमा छन्।

धितोपत्र बोर्डबाट अनुमति पाएका र अनुमति पर्खाइमा रहेका बीमकहरुको हकप्रद शेयर १०० रुपैयाँ अंकित दरका रहेको छ।

नेपाल बीमा प्राधिकरणले व्यवस्था गरेको प्रावधानअनुसार जीवन बीमकको न्यूनतम चुक्तापुँजी ५ अर्ब रुपैयाँ र निर्जीवन बीमकको २ अर्ब ५० करोड रुपैयाँ हुनुपर्छ। सोही न्यूनतम चुक्तापुँजी पुर्याउन कतिपय बीमकले हकप्रद शेयर जारी गर्ने बाटो रोजेका छन् भने कतिपयले बोनस शेयर जारी गरेर पुर्याइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

17%
sad

दु :खी

17%
amazed

अचम्मित

0%
excited

उत्साहित

17%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS