IME Life New

एक वर्षमा रु. ९१ अर्ब बढी बीमा दाबी भुक्तानी, जीवन र निर्जीवन बीमकबाट कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गत आर्थिक वर्ष २०८१।८२ मा जीवन र निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुबाट ९१ अर्ब रुपैयाँ बढी दाबी भुक्तानी भएको देखिएको छ।

नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको बीमा प्रतिविम्बअनुसार समीक्षा वर्षमा हाल सञ्चालनमा रहेका १४ वटा जीवन बीमा, ३ वटा लघु जीवन बीमा, १४ वटा निर्जीवन बीमा र ४ वटा लघु निर्जीवन बीमा कम्पनीबाट कुल ९१ अर्ब ६ करोड ८५ लाख रुपैयाँ दाबी भुक्तानी भएको हो। अघिल्लो वर्ष बीमकहरुबाट ६५ अर्ब ९९ करोड ३२ लाख रुपैयाँ दाबी भुक्तानी भएको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा दाबी भुक्तानी रकम ३८ प्रतिशतले बढेको छ।

Esewa
Crest

प्राधिकरणको तयांकअनुसार अघिल्लो वर्षमा तुलनामा समीक्षा वर्षमा जीवन र निर्जीवन दुवै बीमकको दाबी भुक्तानी रकम बढेको छ। तथ्यांकअनुसार समीक्षा वर्षमा जीवन बीमकहरुले ६५ अर्ब ८० करोड ८९ लाख रुपैयाँ बीमितलाई दाबी भुक्तानी गरेका छन्। यो रकम कम्पनीहरुले ३ लाख ९१ हजार १३५ वटा दाबीको भुक्तानी गरेका हुन्।

अघिल्लो आर्थिकमा जीवन बीमकहरुले २ लाख ७४ हजार ३६६ वटा दाबीको ४८ अर्ब ४ करोड २८ लाख रुपैयाँ भुक्तानी गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा जीवन बीमाकहरुको दाबी भुक्तानी संख्या ४२.५६ प्रतिशत र रकम ३६.९८ प्रतिशतले बढेको छ।

गत आर्थिक वर्ष जीवन बीमकहरुले ८८ हजार ९८१ वटा दाबीको ७ अर्ब ४८ करोड ९० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको प्राधिकरणको तथ्यांकले देखाएको छ। अघिल्लो वर्षमा जीवन बीमकहरुले ९३ हजार ७९७ वटा दाबीको ७ अर्ब ८७ करोड ७८ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा जीवन बीमकहरुको भुक्तानी हुन बाँकी दाबी संख्या र रकम क्रमशः ५.१३ प्रतिशत र ४.९४ प्रतिशतले घटेको छ।

यसैगरी बीमा प्रतिविम्बअनुसार गत आर्थिक वर्षमा निर्जीवन बीमकहरुले २५ अर्ब २५ करोड ९६ लाख रुपैयाँ बीमितलाई दाबी भुक्तानी गरेका छन्। यो रकम कम्पनीहरुले १ लाख ५० हजार ६३९ वटा दाबीको भुक्तानी गरेका हुन्।

अघिल्लो आर्थिक वर्ष निर्जीवन बीमकहरुले १ लाख ५३ हजार ९० वटा दाबीको १७ अर्ब ९५ करोड ३ लाख रुपैयाँ भुक्तानी गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा निर्जीवन बीमाकहरुको दाबी भुक्तानी संख्या १.६० प्रतिशतले घट्दा भुक्तानी रकम भने ४०.७२ प्रतिशतले बढेको छ।

समीक्षा वर्षमा निर्जीवन बीमकहरुले ९६ हजार ३८१ वटा दाबीको २५ अर्ब ७ करोड ९२ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको प्राधिकरणको तथ्यांकले देखाएको छ। अघिल्लो वर्ष निर्जीवन बीमकहरुले ७७ हजार ६११ वटा दाबीको १९ अर्ब २० करोड ४६ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा निर्जीवन बीमकहरुको भुक्तानी हुन बाँकी दाबी संख्या र रकम क्रमशः २४.१८ प्रतिशत र ३०.५९ प्रतिशतले बढेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS