IME Life New
GBIME

अभिकर्तालाई प्रोफेसनल बनाउन सकियो भने बीमितलाई सन्तुष्ट पार्न सकिन्छ: दीपबहादुर बीसी

SPIL
Global College
Nepal Life

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) हुन्, दीपबहादुर बीसी। उनी सन् २०१७ देखि सिटिजन लाइफमा आबद्ध छन्। बीसी सिटिजन लाइफका कम्पनी सचिव पनि हुन्। एसियन ई युनिभर्सिटीबाट स्नातकोत्तर गरेका डीसीले आईक्यानबाट चार्टर्ड एकाउन्टेन्सी गरेका छन्। अडिटिङ, एकाउन्टिङ, वित्तीय व्यवस्थापन, रणनीतिक व्यापार योजनामा दुई दशक लामो अनुभव बटुलेका बीसी यसअघि साबिक प्राइम लाइफ इन्स्योरेन्समा आबद्ध थिए। उनले देश तथा विदेशमा बिजनेस म्यानेजमेन्ट, कर्पोरेट गभर्नेन्स, एक्चुअरियल साइन्स, इन्स्योरेन्स, टेक्सासन, एएलएम, आईएफआरएस, आईएएस, एनएएस, रिस्क म्यानजमेन्टलगायतको तालिम लिएका छन्। उनै डीसीईओ बीसीसँग इन्स्योरेन्स टकमा गरिएको कुराकानीको सारसंक्षेपः

जीवन बीमा कम्पनीहरुको सरेन्डर बढेको बढ्यै छ। व्यापार बढ्न सकेको छैन। कम्पनीको व्यापार र वित्तीय स्वास्थ्यको हिसाबले कत्तिको तनाव महसुस भएको छ ?

Crest

हामीले जति सोचिरहेका छौँ त्यो अवस्थामा पनि छैन। तथ्यांकमा सरेन्डर बढिरहेको छ। नयाँ व्यवसाय बढ्न सकेको छैन। नयाँ व्यापारभन्दा पनि सरेन्डर धेरै भएको कुराहरु आइरहेका छन्। तर, समग्र मुलुकको आर्थिक अवस्थामा आएको सुस्तता र हरेक व्यक्तिको खर्च गर्न सक्ने क्षमतामा कमी आएका कारण बीमितले बीमामा रहेको रकम अन्तिम अस्त्रका रुपमा प्रयोग गरिरहेका छन्। मानौँ, आजको दिनमा मलाई खाना नै भएन भनेदेखि मैले त्यो चलाउनुपर्छ। मलाई यसले सुरक्षा दिइरहेको छ, जोखिम व्यवस्थापन भइरहेको छ वा भोलि यसबाट लाभ हुन्छ भनेर पर्खिने अवस्था नै रहेन।

आर्थिक अवस्था त छँदैछ। त्यसबाहेक अन्य के–के कारणले सरेन्डर बढिरहेका छन् ?

त्यसमा धेरै कारण छन्। पहिलो त अर्थतन्त्रको सुस्तताको असर नै हो। मैले आज पोलिसी किनिरहेको छु भने मैले भविष्यमा कति तिर्न सक्छु भन्ने आँकलन गरेर नै किनिन्छ। त्यसकारण अर्थतन्त्रको सुस्तताले त्यो अनुमान मिल्न नसक्दा सरेन्डरको परिस्थिति सिर्जना हुनु पहिलो कारण हो। यससँगै कतिपय अवस्थामा आजको दिनमा पोलिसी किन्दा यति तिर्न सक्छु भन्ने भयो तर कुनै कारणले अनुमान गरेअनुसार कमाउन सकिनएन भने पनि सरेन्डर गर्नुपर्ने हुन्छ। यस्तै मैले प्रडक्ट बुझिन, मलाई बुझाउन आउने अभिकर्ताले बुझाउन सक्नुभएन वा अभिकर्ताले बुझाए पनि मैले बुझ्न सकिन। मेरा लागि यो प्रडक्ट हो भन्ने आजको दिनमा मलाई लागेन भन्ने पनि हुन सक्छ। साथै, अहिले किनेको पोलिसीभन्दा अर्को राम्रो पोलिसी आउँदा त्यता जाने सोचले पनि सरेन्डर गरिएको देखिन्छ। कहिलेकाहीँ अभिकर्ताले बुझाउन नसक्दा पनि कतिपय सरेन्डर भएको पाइन्छ।

तपाइँहरु यति धेरै चिज अन्डरराइटिङका क्रममा हेर्न भ्याउनुहुन्छ ? सरसर्ती हेर्दा त कम्पनीहरुले अभिकर्ता पठाउने, प्रिमियम उठाइहाल्ने गरेको जस्तो देखिन्छ नि ?

तपाइँले भनेजस्तो हुन पनि सक्छ। तर, के हो भने प्रपोजल अन्डरराइटिङ गरिरहँदा प्रिमियम आयो कि आएन वा कति प्रिमियम आउँछ भन्ने पाटो मात्र हेरिँदैन। यसबाहेक बीमितको एउटा जोखिममात्र नभई अन्य कुराहरु पनि हेरिन्छ।

तपाइँहरुले जुन संरचनामा बीमित र अभिकर्तालाई कमिसन दिनुहुन्छ, सुरुमा अलि धेरै छ, त्यसपछि विस्तारै घट्दै घट्दै जान्छ। यसकारण पनि निरुत्साहित भएका हुन् कि। यसलाई संशोधन गरेर अन्तिम वर्षको प्रिमियम तिर्दासम्म मलाई अलि–अलि पैसा जेनेरेट भइरहन्छ भन्ने हो भने अभिकर्ता पनि पैसा उठाउन प्रेरित भइरहन्थे होला नि ?

कतिपय नीतिगत कुराहरुका लागि पहल गर्नुपर्छ। अहिले पनि बीमा नियमावली लागू हुने प्रक्रियामा छ। बीमा ऐन, २०७९ पास भइसकेको र छापिएर तपाइँ–हामीलगायत आमनागरिकमाझ आउन बाँकी छ। २०४९ को ऐन आउँदा यस्ता व्यवस्था केही संशोधन भए। त्यसपछि अहिलेको ऐन आउँदा पनि धेरै छलफल भएर ऐन आएको थियो। त्यसमा केही भएका छन्। जस्तै पहिलो वर्ष १५ वर्षभन्दा माथिको पोलिसी टर्म छ भने पहिलो वर्ष २५ प्रतिशत, दोस्रो वर्ष १५ प्रतिशत र अर्को ८ वर्ष ५–५ प्रतिशत कमिसन अभिकर्ताले पाउँछन्। हाम्रा लागि दक्षिण एसियाली बजार, बंगलादेश, भारतलगायतका मुलुकमा पनि यस्तै अभ्यास भएको देखिन्छ।

वस्तु तथा सेवाको व्यापारमा ‘आफ्टर सेल्स सर्भिस’ को निकै महत्वपूर्ण भूमिका रहन्छ। बीमामा कम्पनी, अभिकर्ता र बीमितसँग कसरी जोडिरहनुहुन्छ ?

अभिकर्ताहरु जोडिइरहेका हुन्छन्। उनीहरुबाट पहिलो वर्ष धेरै कमिसन पाउँछ भन्ने हिसाबले सेवा भइहाल्छ। दोस्रो वर्ष राम्रो रकम आउँछ १५ प्रतिशत नै। त्यसपछि ५ प्रतिशत आउने अवस्था हुन्छ। जसले अभिकर्ताहरु त्यसरी जोडिइरहेका हुन्छन्। अब कम्पनीको कुरा गर्दा अभिकर्तालाई प्रोफेसनल बनाउन सकियो भने बीमितलाई सन्तुष्ट पार्न सकिन्छ भन्ने हो। साथै, बीमितले रिकमेन्डेड गर्ने अवस्था पनि रहन्छ। बीमितको परिवार, साथी, नातागोतासमेत जोडिन सक्ने अवस्था रहन्छ। त्यतिमात्र नभएर कसैले ५ वर्ष अगाडि पोलिसी लिएको छ भने आज अर्को पोलिसी किन्ने अवस्था पनि आउन सक्छ। त्यसकारण अभिकर्ताहरु यसमा लागिरहनुभएको हुन्छ। कम्पनीले पनि आफ्ना तर्फबाट यसमा जोडिएको हुन्छ। हाम्रो कम्पनीको कुरा गर्ने हो भने कम्पनीको २४ घन्टा नै कल सेन्टर उपलब्ध छ। यस्तो कल सेन्टर प्रदेश कार्यालयहरुमा पनि छ।

तपाइँहरु पैसा तिर्नुभएको रहेनछ, छिटो तिर्नुस् भनेर मात्रै कल गर्नुहुन्छ कि बीमा गर्नुभएको रहेछ, के कस्तो छ परिस्थिति भनेर सोध्न पनि कल गर्नुहुन्छ ?

यसमा विभिन्न चरण छन्। आज तपाइँको बीमा प्रपोजल स्वीकृत भयो भने सुरुमा एसएमएस जान्छ। तपाइँको यो यो प्रपोजल स्वीकृत भयो भन्ने जानकारी जान्छ। त्यसपछि भुक्तानी भएपछि यो यो नम्बरको पोलिसी सुरु भयो भनेर एसएमएस जान्छ, जसमा यसको प्रिमियम यति हो पनि भनिन्छ। एउटा नियमित कल हुन्छ। तर, अहिले सबै पोलिसी होल्डरलाई हामीले कल गर्न सकिरहेका छैनौँ। तर, ५ लाख वा ५ लाखभन्दा बढी प्रिमियम भएकाहरुलाई नियमित फोन कल जान्छ। यो पोलिसी किन्ने बेलामै फोन कल जान्छ। त्यो फोन कलमा पोलिसीबारे सबै कुरा गरिन्छ। त्यसपछि रिन्युको कल, एसएमएस जान्छ। ३० दिनअघि एउटा एसएमएस जान्छ, यो मितिमा रिन्यु आवश्यक छ भन्ने। त्यसपछि फोन जान्छ। केही सहुलियत वा स्किम छ भने त्यसबारे जानकारी दिइन्छ।

तर, प्रिमियम तिरेको ५ महिनापछि बीमितलाई फोन गरेर तपाइँको सुख–दुःख केकस्तो छ भनेर सोध्नुहुन्न रहेछ ?

त्यो चाहिँ गरिएको छैन, जुन गर्नु आवश्यक छ।

एउटा बीमितले बीमा पोलिसी किन्नुअघि कम्पनीहरुको छनौट कसरी गर्ने ? पुरानो कम्पनी, थुप्रै प्रिमियम उठाउने, यो मान्छे सीईओ भएको, यो–यो लगानीकर्ता रहेको वा के–के हेरेर कम्पनी छनौट गर्ने ?

त्यो ग्राहकको चाहनामा भर पर्ने कुरा पनि हो। कसैले बोनसलाई पनि प्राथमिकता दिइरहनुभएको छ। नागरिकलाई कुन कुरामा जोड दिने भन्ने प्रश्न रही नै रहेको छ।

तपाइँहरुको प्रडक्ट सबै कम्पनीको उस्तै–उस्तै छ है ?

प्रडक्टमा धेरै ठूलो फरक त छैन। प्रडक्ट उस्तै देखिन्छ तर त्यसमा केही फरक पक्कै हुन्छ।

तपाइँहरुले बेच्दा अरुभन्दा यो–यो कारणले हामी राम्रो भनेर के बेच्ने त उसो भए ?

फरक छ नि।

त्यहाँसम्म त बीमितले नबुझ्न पनि सक्छन् ?

तर, तुलनात्मक रुपमा फरक त हुन्छ नि। उदाहरणका लागि ब्रान्च म्यानेजरहरुले नै कहिले–काहीँ भन्नुहुन्छ कि प्रोफेसनल एजेन्ट वा अभिकर्ता उत्पादनमा सिटिजन्सले निकै राम्रो गरेको छ। उहाँहरुलाई अवार्ड गर्ने वा खुसी बनाउनेमात्र होइन ज्ञान हस्तान्तरण (नलेज ट्रान्सफर) गर्ने पनि गर्छौं।

तपाइँहरु अभिकर्तालाई मोटिभेट गर्नका लागि मोटिभेसनल स्पिकर त ल्याउनुहुन्छ। तर, पोलिसी वा प्रडक्टबारे बुझाउने कुरा उहाँहरुबाट हुँदैन भन्ने आरोप तपाइँहरुलाई छ नि ?

सिटिजन्स लाइफले ल्याउने अन्तर्राष्ट्रिय वा राष्ट्रिय स्तरका ट्रेनरहरु विभिन्न भेराइटीका रहेका छन्। उहाँहरु केवल मोटिभेसन दिनेमात्र नभई कोर बीमाको जानकारी पनि दिइरहनुभएको हुन्छ। अभिकर्ताहरुले यसमा निकै उत्साहपूर्वक सहभागी भएर सिकेको समेत अनुभव सुनाइरहेका हुन्छन्। बिक्री कसरी गर्ने, प्रश्नहरुको सामना कसरी गर्ने भन्नेबारे उहाँहरुले सिकिरहनुभएको हुन्छ।

तपाइँले तपाइँको कम्पनीले बेचिरहेको प्रडक्टहरुमध्ये छान्नुपर्दा कुन छान्नुहुन्छ ?

सबै युनिक प्रडक्ट छन्। हामीसँग धेरै प्रडक्टको बाढी छैन। बचतका लागि ५–६ वटा मात्रै प्रडक्ट छन्। होल लाइफको एउटामात्रै प्रडक्ट छ। इन्डोमेन्टको एडल्टका लागि एउटा र बालबालिकाका लागि एउटा छ। आजका दिनमा हामी पूरै होल लाइफमा मात्रै काम गरिरहेका छौँ। त्यो मात्रै नभई यस वर्षको पाइपलाइनमा यस्तै किसिमका प्रडक्टहरु आउने तयारीमा छन्। अहिले हामी युनिभर्सल लाइफ लिएर आएका छौँ।

तपाइँहरु बोनसमा चिटिङ गर्नुहुन्छ। १८ रुपैयाँदेखि ८५ रुपैयाँसम्म दिन्छौँ भन्नुहुन्छ।

बोनसको नाममा चिटिङ छैन।

त्यो भेरिएसन कसरी आयो ?

भेरिएसन आउने भनेको हामीले सन् २०१७ देखि प्रडक्टको प्रोफिट टेस्टिङ गर्न थालेका हौँ। बीमा प्राधिकरणले केही वर्षमात्रै भयो प्रपोजल स्वीकृत गर्ने बेलामा प्रोफिट कति दिन सक्छ भनेर हेर्न थालेको। प्रडक्ट टेस्ट गर्ने बेला नै पोलिसीको अवधि, जस्तो कि १ लाख रुपैयाँको ५ वर्षको टर्म भएको पोलिसीले दिने प्रतिफल र १ लाख रुपैयाँकै २० वर्षमा दिने प्रतिफल त फरक हुन्छ नि। समग्र अर्थतन्त्रको अवस्थासँग यो सम्बन्धित हुन्छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS