IME Life New

तीन महिनामा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै १२ लाख यात्रुले पाए सेवा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलले सन् २०२५ को पहिलो त्रैमासमा ११ लाख ८५ हजार भन्दा बढी यात्रुले हवाइ सेवा पाएका छन् । यो उडान क्षमता, यात्रु संख्या, जहाज संख्या र पूर्वाधार लगायतको आधारमा यो विमानस्थलत नेपालको सबैभन्दा ठूलो र व्यस्त विमानस्थल हो।

नागरिक उड्ययन कार्यालयका अनुसार, जनवरीदेखि मार्च महिनासम्मको तीन महिनाको अवधिमा कुल विमानस्थलले १,१८५,०९० यात्रुहरूलाई सेवा दिएको हो। यीमध्ये ६००,३६१ जनाले गन्तव्यका लागि उडान भरे भने र ५८४,७२९ यात्रुहरूले अवतरण गरे।

Esewa
Crest

विमान स्थलमा ७,४४३ पटक जहाज उडान र अवतरण गरेका छन् ।विमानस्थलबाट र मा कुल ३,७२२ उडान र ३,७२१ अवतरण भएको बताएको छ।  कार्यालयका अनुसार, उडान र अवतरणको संख्या जनवरीको तुलनामा फरवरीमा घटेकोमा मार्च महिनामा पुनः सुधार देखिएको छ। कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार, जनवरीमा २,४५८, फेब्रुअरीमा २,२७५ र मार्चमा २,७१० उडान आवतजावत भएको बताएको छ।

जनवरीमा १,२२८ उडान र १,२३० अवतरण र फेब्रुअरीमा १,१३८ उडान र १,१३७ अवतरण भएको थियो । यसैगरी गत मार्चमा १,३५६ उडान र १,३५४ अवतरण भएको थियो।

यसबाहेक,विमानस्थलबाट ठूलो परिमाणमा मालसामान समेत जहाजमार्फत ढुवानी भएको छ। कार्यालयका अनुसार, कुल ६,२३८,९०१ टन मालसामान ढुवानी रेकर्ड गरिएको थियो। विमानस्थल कार्यालयका अनुसार यो मध्ये ३,६५१,८८५ टन निर्यातजन्य मालसामान र बाँकी २,५८७,१६ टन आयातित मालसामान हुन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS