IME Life New

अर्थतन्त्रले गति लिएको अर्थको दाबी, बाह्य सूचक सबल र सुदृढ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थ मन्त्रालयले देशको अर्थतन्त्रले गति लिएको दाबी गरेको छ।

मन्त्रालयले चालु आर्थिक वर्षको फागुनसम्मको अर्थ बुलेटिन प्रकाशन गर्दै यस्तो दाबी गेको छ। अर्थतन्त्रका बाह्य सूचक सबल र सुदृढ रहेको आन्तरिक सूचकहरुमा सुधार हुँदै गएको मन्त्रालयले जनाएको छ।

Esewa
Crest

बुलेटिनमा राजस्व परिचलानमा वृद्धि, पूँजीगत खर्चमा वृद्धि, करको दायरा विस्तारमा वृद्धि, वैदेशिक सहायता प्रतिबद्धतामा वृद्धि, नेप्से सुचकाङ्कमा वृद्धि, निर्यातमा वृद्धि, आयातमा वृद्धि लगायत उल्लेख छ । ‘सार्वजनिक वित्तका सूचक सकारात्मक रहेका छन्’, बुलेटिनमा भनिएको छ।

चालु आर्थिक वर्षको फागुनसम्म संघीय सरकारको राजस्व परिचालन १२.७ प्रतिशत र कुल खर्च ४.९४ प्रतिशतले वृद्धि भएको मन्त्रालयले जनाएको छ। सार्वजनिक ऋण २०८१ असारमसान्तको तुलनामा ९.९ प्रतिशतले वृद्धि भएको तथ्यांक मन्त्रालयले प्रकाशन गरेको छ।

वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.७५ प्रतिशत रहेको र खाद्य तथा पेय पदार्थ दुवै समूहको मुद्रास्फीति घटेको बुलेटिनमा जनाइएको छ। ‘कुल वस्तु आयात ११.२ प्रतिशतले र निर्यात ५७.२ प्रतिशतको उच्च दरले वृद्धि भएको छ’, बुलेटिनमा उल्लेख छ, ‘निर्यात व्यापारको आकार सानो हुँदा व्यापार घाटा ६.२ प्रतिशतले वृद्धि भएको छ।’

मन्त्रालयका अनुसार वैदेशिक रोजगारमा नयाँ श्रम स्वीकृति लिई जाने कामदार तथा पुनः श्रमस्वीकृती लिने कामदारको संख्यासमेत गत वर्षको तुलनामा वृद्धि भएको छ। ‘साथै, विप्रेषण आप्रवाहमा ९.४ प्रतिशतले वृद्धि भएको छ’, मन्त्रालयले भनेको छ, ‘पर्यटन आगमनमा १.९ प्रतिशतले वृद्धि भएको छ।’

वैदेशिक सहायता प्रतिवद्धतामा उल्लेख्य (११९.४ प्रतिशतले) वृद्धि भएको र विदेशी मुद्रा सञ्चिति बढेको मन्त्रालयले जनाएको छ। ‘चालु खाता र शोधनान्तर स्थिति दुवै बचतमा छन्’, बुलेटिनमा भनिएको छ, ‘व्यक्तिगत तथा व्यावसायिक स्थायी लेखा नम्बर लिने करदाताको संख्या बढेसँगै करको दायरा विस्तार भएको छ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS