IME Life New

डिजिटल इन्स्योरेन्स गाइडलाइन्सको कार्यान्वयनमा सुस्त बीमा कम्पनीहरू

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमकको अनुरोधमा डिजिटल इन्स्योरेन्स गाइडलाइन्स जारी गरेपनि अधिकांश बीमकले यसको कार्यान्वयनमा चासो देखाएका छैनन् । प्राधिकरणले २०८१ बैशाख ७ गते यो निर्देशिका जारी गरेको हो।

प्राधिकरणले निर्देशिका जारी गरेको वर्ष दिन भइ सक्दा समेत अग्रणी जीवन बीमक वा निर्जीवन बीमक, दुबै खाले बीमकले गाइडलाइन्स अनुसारको सुविधा शुरू गरेका छैनन् । प्राधिकरणले बीमा सेवाको सहज र छरितो पहुँचको उद्देश्यले प्राधिकरणले डिजिटल माध्यमबाट बीमालेख खरिद गर्न सकिने सुविधा उपलब्ध गराउन बीमकलाई निर्देशन जारी गरेको हो। गाइडलाइन्समा जीवन, निर्जीवन र लघु जीवन तथा लघु निर्जीवन बीमकले जारी गर्न सक्ने बीमालेखको बीमाङ्कको सीमा तोकिएको छ।

Esewa
Crest

प्राधिकरणले गाइडलाइन्समा दिएको व्यवस्था अनुसार, अधिकांश बीमकको वेबसाइटमा यो सुविधा पूर्णरूपमा उपलब्ध छैन। केही जीवन बीमकले बीमालेख सम्बन्धि विवरण हेर्न, बीमाशुल्क भुक्तानीको प्रारम्भिक प्रकृया पुरा गर्न, बीमालेखको लागि व्यक्तिगत जानकारी प्रविष्ट गर्न सकिने सुविधा प्रदान गरेका छन् । लघु बीमकमध्ये अधिकांशले अनलाइनमाध्यमबाटै बीमालेख बिक्रीको प्रबन्ध मिलाएका छन् ।

जीवन बीमकले म्यादी जीवन बीमामा अण्डरराइटिङ दिग्दर्शन अन्तर्गत रहेर जतिसुकै बीमाङ्कको बीमालेख जारी गर्न सकिने प्रावधान छ। यसैगरी म्यादी बीमा बाहेक अधिकत्तम २० लाख रूपैयाँसम्म बीमाङ्कको बीमालेख जारी गर्न सक्ने प्रावधान छ।

निर्जीवन बीमकले दुर्घटना बीमा, यात्रा स्वास्थ्य बीमा, स्वास्थ्य बीमा र सम्पत्ति बीमा अन्तर्गतका सबै बीमालेख डिजिटल माध्यमबाट नै बिक्री गर्न सक्छन् । लघु बीमकले पनि तोकिएको बीमाङ्कको सीमाभित्र रहेर सबैखाले बीमालेख डिजिटल माध्यमबाटै बिक्री गर्न सक्ने प्रावधान गाइडलाइनमा छ।

डिजिटल गाइडलाइन्समा आधारित रहेर बीमितलाई कागजी बीमालेखको साटो अभाैतिक बीमालेख (अभाैतिक शेयर प्रमाण पत्र) समेत उपलब्ध गराउन सक्छन् ।

गाइडलाइन्समा बीमालेखको प्रस्तावको विश्वसनीयता पुष्टी गर्न प्रस्तावकको मोबाइलमा वन टाइम पासवर्ड(ओटिपि) प्राप्त हुने वा डिजिटल सिग्नेचर वा बायोमेट्रिक प्रमाणबाट गर्नुपर्नेछ।

प्रस्ताव फारम स्वीकार गर्दा ग्राहक पहिचान फारमको प्रयोजनका लागि प्रत्यक्ष फोटो, भिडियोमार्फत बीमित तस्वीर खिंच्ने र वा बीमा गरिने वस्तुको हकमा प्रत्यक्ष तस्वीर वा भिडियो वा पहिले खिचिएको तस्वीर नै प्रविष्ट गर्न सकिने गरी  प्रविधिको प्रबन्ध गर्नुपर्नेछ।

बीमकले बीमा दाबीसँग सम्बन्धित सबै सुविधा डिजिटल माध्यमबाट प्रदान गर्नुपर्ने प्रावधान छ। यस अन्तर्गत दाबी निवेदन दर्ता, जीवित लाभ (सर्भाइभल बेनिफिट), कर्जा, समर्पण लाभ लगायतका सुविधा डिजिटल माध्यमबाट दिनुपर्नेछ। यस्तो सुविधा वापतको रकम भुक्तानी गर्दा बीमकले इजाजत प्राप्त डिजिटल पेमेण्ट गेटवे, मोबाइल वा इबैंकिङमार्फत भुक्तानी गर्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS