IME Life New

विवाहमा श्रीमानले दिए बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दिवस चौधरीले वैवाहिक बन्धनको अवसरमा नयाँ दुलही कृषला चौधरीलाई बीमा पोलिसी उपहार दिएका छन् । उनले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको समृद्ध सावधिक जीवन बीमालेख पोलिसी उपहार दिएका हुन् ।

लामो समयदेखि बीमा पेसामा आबद्ध चौधरी प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड बिर्तामोड शाखा कार्यालयमा अपरेसन इन्चार्जको रूपमा कार्यरत रहेका छन्।

Esewa
Crest

साथै उनले आफ्नी भान्जी मञ्जिता चौधरीलाई पनि बीमा पोलिसी उपहार दिएका छन्।

पछिल्लो समय वैवाहिक जीवनको अवसरमा बीमा पोलिसी उपहार दिने चलन बढेकोले यही कुरालाई सदुपयोग गरेर सुरक्षा पनि बचत गर्न सकिने उनले बताए ।

नगद र जिन्सी सामान दिनु भन्दा जीवन बीमालेख उपहार दिँदा जिन्दगी भर उपयोग आउनुको साथै सुरक्षित बचत र दीर्घकालीन बचतमा प्रोत्साहन मिल्ने शाखा प्रमुख नानीबाबु आचार्यले बताए ।

बीमा पोलिसी हस्तान्तरण गर्दै आफ्नै विवाहमा पोलिसी दिनु उदाहरणीय कार्य रहेको प्रदेश प्रमुख सुदिस्ट गुप्ताले बताए ।

विवाह समारोहमा विराटनगर शाखा प्रमुख सुरेश भट्टराई , मार्केटिङ म्यानेजर सिखा भट्टराई लगायत एजेन्सी हरुको उपस्थित रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS