IME Life New

वैदेशिक रोजगार बीमाको बाँडफाँड हुँदा कति खुम्चिन्छ सन नेपाल र एशियन लाईफको व्यापार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वैदेशिक रोजगार बीमा पुलमार्फत व्यवसाय बाँडफाँड सम्बन्धि निर्णय कार्यान्वयन भएमा सन नेपाल लाईफ इन्स्योरेन्स र एशियन लाईफ इन्स्योरेन्सको व्यापार उल्लेख्यरूपमा खुम्चिने देखिएको छ।

नेपाल बीमा प्राधिकरणले गत आर्थिक वर्ष २०८१।८२ को व्यवसाय बाँडफाँड सम्बन्धमा २०८१ साउन १ गतेदेखि लागू हुने गरी जारी गरेको निर्देशन कार्यान्वयन आएको अवस्थामा यी दुबै जीवन बीमकले संकलन गरेकोमध्ये १ अर्ब ३० करोड २९ लाख रूपैयाँ अन्य जीवन बीमकलाई बाँडफाँड गर्नुपर्नेछ। यी दुबै बीमकले वैदेशिक रोजगार बीमालेख बिक्रीवापत कुल २ अर्ब ९ करोड ५० लाख ३० हजार रूपैयाँ संकलन गरेका छन् ।

Esewa
Crest

प्राधिकरणले २०८१ साउन १ गते जारी गरेको वैदेशिक रोजगार म्यादी जीवन बीमा सामूहिक बीमा कोष (पुल) स्थापना तथा संचालन सम्बन्धी निर्देशन, २०८१  मा तोकिए बमोजिम व्यवसाय बाँडफाँड गर्दा एशियन लाईफले वैदेशिक रोजगार बीमावापत जम्मा २१ करोड ५५ लाख ३६ हजार रूपैयाँ हात पार्नेछ। यसैगरी सन नेपाल लाईफले वैदेशिक बीमाशुल्कवापत ५७ करोड ६५ लाख ५० हजार रूपैयाँ मात्र हात पार्ने देखिएको छ।

Foreign employment insurance

गत आर्थिक वर्षमा ३ लघु जीवन बीमकसहित कुल १७ जीवन बीमकले वैदेशिक रोजगारी बीमाशुल्क ३ अर्ब ५७ करोड ४३ लाख रूपैयाँ संकलन गरेका थिए । निर्देशनको व्यवस्था अनुसार, यो संकलित रकममध्ये एशियन लाईफले जम्मा  ६.०३ प्रतिशत र १६.१३ प्रतिशत हिस्सा हात पार्नेछ। ,

वैदेशिक रोजगार बीमा पुल कोषको स्थापना र व्यवसाय बाँडफाँड सम्बन्धि प्राधिकरणको निर्देशन गैर कानूनी भएको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट विचाराधिन छ। यो रिटमा सर्वोच्च अदालतले रिट निवेदकको पक्षमा फैसला आदेश दिए मात्र, सन नेपाल र एशियन लाईफले वैदेशिक रोजगार बीमाशुल्क संकलनका लागि गरेको लगानी उठ्नेछ।

निर्देशन बमोजिम बीमाशुल्क बाँडफाँड हुँदा सबैभन्दा फाइदा तीनवटा लघु जीवन बीमकलाई हुने देखिएको छ। यी जीवन बीमकले संकलन गरेको बीमाशुल्क भन्दा ५ देखि ३४ गुणासम्म अधिक रकम बाँडफाँडबाट वैदेशिक रोजगार बीमाशुल्कवापतको रकम प्राप्त गर्नेछन् ।

जीवन बीमकबीचको किचलो, बीमाशुल्क आम्दानीका लागि भएको जथाभावी खर्च र सम्पत्ती शुद्धिकरणको जोखिमले गर्दा वैदेशिक रोजगार विभागले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत वैदेशिक रोजगार ऐन संशोधनमार्फत वैदेशिक रोजगार बीमालेख सम्बन्धि व्यवस्था खारेजीको प्रकृया अघि बढाएको छ। यसलाई रोक्न जीवन बीमकले भरमग्दुर प्रयास समेत गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

67%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS