IME Life New

हङकङको वाङ फुक कोर्ट आगलागीः बीमकहरुबाट ६.६३ करोड डलरबराबरको दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हङकङ बीमा प्राधिकरणले वाङ फुक कोर्ट आगलागीसँग सम्बन्धित धेरैजसो बीमा दाबी भुक्तानी भएको जनाएको छ। प्राधिकरणका अनुसार बीमा कम्पनीहरुले अहिलेसम्म ८५ प्रतिशत दाबीको भुक्तानी गरेका हुन्।

प्राधिकरणका अनुसार उक्त घटनामा कुल १ हजार ३२ दाबी भुक्तानी गरिएको छ। यी दाबीमा लगभग ६.६३ करोड अमेरिकी डलर भुक्तानी समावेश छ।

Esewa
Crest

हङकङका निर्जीवन बीमा कम्पनीहरुले १ हजार ३० दाबीमध्ये ८६३ वटा (८४ प्रतिशत)को दाबी भुक्तानी गरेका छन्। जसको लागत ५.८५ करोड डलर रहेको छ।

यसैगरी दीर्घकालीन बीमाका लागि कम्पनीहरु १८८ वटा दाबीमध्ये १६९ वटा (९० प्रतिशत) भुक्तानी गरिएका छन्। जसको मूल्य ४.७८ करोड डलर रहेको छ।

प्राधिकरणले प्रभावितहरुलाई सहयोग गर्न बीमा कम्पनीहरुसँग सहकार्य गर्ने काम काम भइरहेको र यो घटनापछि दाबी प्रशोधनको प्रगतिलाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ। ‘धेरैजसो बीमा दाबी ग्राहकसँगको निष्पक्ष व्यवहारका आधारमा समाधान गरिएको छ। जब कि बाँकी मुद्दामा स्थलगत निरीक्षण र क्षति मूल्यांकन आवश्यकता देखिएको छ’, प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत क्लेमेन्ट चेउङले भने, ‘प्राधिकरणले बाँकी दाबीको अनुगमन गर्न हङकङ बीमाकर्ता संघसँग समन्वय गर्न जारी राख्नेछ।’ –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS