IME Life New

बीमा प्रवर्द्धनका लागि हिमालयन लाइफले ल्यायो ‘जीवन बीमा ज्ञान दिग्दर्शन’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा र बीमा विषयमा चासो राख्ने पाठक र बीमाकर्मीका लागि हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमा ज्ञान दिग्दर्शन पुस्तक सार्वजनिक गरेको छ।

इन्स्योरेन्सले बीमा प्रवर्द्धनका लागि संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत यो पुस्तक प्रकाशन गरेको हो।

Esewa
Crest

बिहीबार काठमाडाैंमा आयोजित एक कार्यक्रमका बीच नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशिल देव सुवेदी, इन्स्योरेन्सको सञ्चालक प्रमिला केसी, आशिष ढकाल, सचिन आचार्य र प्रमुख कार्यकारी अधिकृत मनोज लाल कर्णले संयुक्तरूपमा पुस्तक लोकार्पण गरेका हुन् ।

लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै कार्यकारी निर्देशक सुवेदीले, बीमकले बीमाको सेवा दिने र बीमा बुझाउने दुबै दायीत्व बहन गर्नुपर्ने भएकाले, नागरिकलाई बीमाको बारेमा आधारभूत ज्ञान दिन पक्षमा पुस्तक प्रकाशन सह्रानीय कार्य भएको टिप्पणी गरे।

उनले भने, हामी सबै मिलेर मिशनको रूपमा नै बीमा सचेतना र जागरणलाई अघि लैजानुपर्छ, यो यात्रामा प्राधिकरण सदैव तपाईहरूको साथमा छ।

कम्पनीको सञ्चालक प्रमिला केसीले किताबमा बीमा क्षेत्रको ज्ञान, अनुभव र अभ्यासलाई समेटिएको बताइन् । उनले बीमासँग प्रत्यक्ष वा अप्रत्यक्ष संलग्न सबैका लागि यो पुस्तक उपयोगी पाठ्य सामाग्री हुने विश्वास व्यक्त गरिन् ।

पुस्तकमा बीमाको आधारभूत परिचय, बीमाको सिद्धान्त, बीमालेख, जोखिमाङ्कन, बीमाका लागि आवश्यक पर्ने कागजात, बीमाशुल्क र बोनश, बीमा अभिकर्ता, बीमा अभिकर्ता र कर, बीमा दाबी,बीमा समर्पण, बीमालेख कर्जा, चुक्ता मूल्य, पुरक करार, घातक रोग उपचार सुविधा लगायतका विषय वस्तुहरू समावेश गरिएका छन्।

जीवन बीमाको प्रवर्द्धन र सचेतनाका लागि जीवन बीमा कम्पनीले नै प्रकाशन गरेको यो दोश्रो पुस्तक हो। यसअघि एशियन लाइफ इन्स्योरेन्सले कामु नायब प्रमुख कार्यकारी अधिकृत मुरारी राज हुमागाईं लिखित बीमा ज्ञान पुस्तक प्रकाशन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS