IME Life New

हिमालयन लाइफ इन्स्योरेन्सले पायो ‘ए प्लस’ रेटिङ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले ‘ए प्लस’ रेटिङ पाएको छ। इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले हिमालयन लाइफलाई ‘ए प्लस’ इस्युअर रेटिङ प्रदान गरेको हो।

यो रेटिङ प्राप्त गर्ने कम्पनीलाई वित्तीय दायित्वको समयमै पूर्तिका सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित रहेको मानिन्छ। यस्ता कम्पनीमा कम क्रेडिट जोखिम हुन्छ।

Esewa
Crest

इन्फोमेरिक्स क्रेडिट रेटिङद्वारा विज्ञप्तिमा यो रेटिङले लक्ष्मी सनराइज बैंकको नेतृत्वमा रहेको हिमालयन लाइफको अनुभवी प्रवर्द्धक समूह र प्रसिद्ध शंकर ग्रुपको संयुक्त समर्थन साथै विविध र अनुभवी व्यवस्थापन कर्मचारीको सामूहिक समर्थनलाई पनि ध्यानमा राखिएको उल्लेख छ। ‘यसैगरी यो रेटिङ प्रदान गर्दा नेपालका सबै प्रदेशमा समान रुपमा फैलिएका २०९ शाखा भएको बलियो भौगोलिक कभरेजलाई पनि ध्यानमा राखिएको छ। यसले बलियो बजार प्रवेश प्रदान गरेको छ’, विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा हिमालयन लाइफको विविध लगानी पोर्टफोलियोलाई पनि ध्यानमा राखेर ए प्लस रेटिङ प्रदान गरिएको उल्लेख छ। ‘यसमा कम्पनीको ७५ प्रतिशत स्वामित्व भएको सहायक कम्पनी हिमालयन इन्भेस्टमेन्ट बैंकर (इजाजतपत्र प्राप्त मर्चेन्ट बैंकर र कोष प्रवद्र्धक)मा रणनीतिक इक्विटी सहभागिता समावेश छ’, विज्ञप्तिमा भनिएको छ।

हिमालयन लाइफ साबिक प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्स आपसमा मर्जर भएर बनेको कम्पनी हो। यो मर्जरले कम्पनीको पुँजी आधारलाई उल्लेखनीय रुपमा बलियो बनाएको छ। जसले गर्दा कम्पनीको जोखिम अवशोषण क्षमतामा वृद्धि भएको छ।

यस मर्जरले कम्पनीको सम्पत्ति आधार, सञ्चालन स्केल र बजार हिस्सामा पनि उल्लेखनीय वृद्धि गरेको छ। ‘जसले हिमालयन लाइफलाई नेपालको सबैभन्दा ठूलो जीवन बीमा कम्पनीहरुमा स्थान दिएको छ’, विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

80%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

20%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS