IME Life New

हिमालयन लाइफको नयाँ बोनसदर घोषणा, बीमितलाई कुन योजनामा कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८०।८१ का लागि नयाँ बोनसदर सार्वजनिक गरेको छ।

कम्पनीको आर्थिक वर्ष २०८०।८१ को आर्थिक लेखाजोखा र दायित्वको मूल्यांकनसम्बन्धी बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट वैशाख १५ गतेको पत्रबाट स्वीकृत भई कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुने गरी जारी गरिएको जीवन बीमालेखहरुमा उक्त बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो। कम्पनीले न्यूनतम प्रतिहजार १८ रुपैयाँदेखि अधिकतम ८६ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ।

Esewa
Crest

सावधिक

यस योजनामा कम्पनीले न्यूनतम प्रतिहजार २६ रुपैयाँदेखि ६३ रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ। कम्पनीको यस बीमा योजनामा ९ वर्ष अवधिसम्मका लागि प्रतिहजार २६ रुपैयाँ निर्धारण गरेको छ। १० देखि १४ वर्ष अवधिका लागि ३१ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि प्रति हजार ३६ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि प्रति हजार ४२ रुपैयाँ र २५ वर्ष वा सो भन्दा बढि अवधिका लागि प्रतिहजार ६३ रुपैयाँ कायम भएको छ। कम्पनीको यस बीमालेख १५ देखि १९ वर्ष अवधिको सबैभन्दा धेरै ८० हजार ४७३ वटा बीमालेख बिक्री गरेको छ।

सावधिक तथा आजीवन बीमा योजना

यो योजनामा कम्पनीले ९ वर्षका लागि प्रतिहजार ३६ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ४५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ५७ रुपैयाँ र २५ वर्षभन्दा माथि अवधिका लागि ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ। कम्पनीले यस बीमालेखअन्तर्गत सबैभन्दा धेरै १५ देखि १९ वर्ष अवधिको ९ हजार २४६ वटा बीमालेख बिक्री गरेको छ।

अग्रिम भुक्तानी सावधिक जीवन बीमा योजना

यस बीमा योजनाको हकमा कम्पनीले १० देखि १४ वर्ष अवधिका लागि प्रतिहजार ५६ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ६४ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ७१ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिका लागि ८६ रुपैयाँ बोनसदर कायम गरेको छ। यस योजनाअन्तर्गत १५ देखि १९ वर्ष अवधिको सबैभन्दा धेरै ११ हजार ५२० वटा बीमालेख बिक्री भएको छ।

जीवन उपहार(अग्रिम भुक्तानी सावधिक)

यस योजनामा कम्पनीले १६ वर्ष अवधिमा ४८ रुपैयाँ बोनस दिनेछ। जीवन उपहार (सावाधिक योजनामा कम्पनीले १५ वर्ष अवधिमा ३१ रुपैयाँ बोनस दिने जनाएको छ।

सावाधिक

कम्पनीको यस बीमा योजनाको हकमा ९ वर्ष अवधिसम्मका लागि प्रतिहजार ३८ रुपैयाँ बोनस कायम भएको छ। त्यस्तै, १० वर्षदेखि १४ वर्षसम्म अवधिका लागि ४१ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ४२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ४९ रुपैयाँ र २५ वर्ष वा सोभन्दा बढी अवधिका लागि ७६ रुपैयाँ बोनसदर कायम गरेको छ। यस योजनाअन्तर्गत १५ देखि १९ वर्ष अवधिको सबैभन्दा धेरै ४१ हजार ५०५ वटा बीमालेख बिक्री गरेको छ।

सावाधिक तथा आजीवन जीवन बीमा योजना

यस योजनाको हकमा ९ वर्ष अवधिसम्मका लागि प्रतिहजार ३८ रुपैयाँ, १० वर्षदेखि १४ वर्षसम्म अवधिका लागि ३८ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ४३ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ४८ रुपैयाँ र २५ वर्ष वा सोभन्दा बढी अवधिका लागि ७३ रुपैयाँ बोनसदर कायम गरेको छ। कम्पनीको यस योजनाअन्तर्गत १५ देखि १९ वर्ष अवधिको सबैभन्दा बढी ५ हजार ७९३ वटा बीमालेख बिक्री भएको छ।

अग्रिम भुक्तानी सावाधिक

यस योजनाको हकमा १४ वर्ष अवधिसम्मका लागि प्रतिहजार ३४ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्म अवधिका लागि ४० रुपैयाँ र २० देखि २४ वर्ष अवधिका लागि ४६ रुपैयाँ बोनसदर कायम भएको छ।

वार्षिक नगद फिर्ता

यस योजनाको हकमा १४ वर्षका लागि प्रतिहजार ३२ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्म अवधिका लागि ३८ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ४१ रुपैयाँ बोनसदर कायम भएको छ।

सुरक्षित भविष्य जीवन बीमा योजना

यस योजनाको हकमा प्रतिहजार १४ वर्षका लागि १८ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्म अवधिका लागि २३ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि २९ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथिका लागि ३५ रुपैयाँ बोनसदर कायम भएको छ।

३० वर्षे जीवन रक्षक (सीमित भुक्तानी) सावाधि लघु जीवन बीमा र कर्पोरेट जीवन बीमा योजना

यस योजनाको हकमा प्रतिहजार १४ वर्षका लागि ३५ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्म अवधिका लागि ३७ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ४५ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथिका लागि ७० रुपैयाँ बोनसदर कायम भएको छ।

सावाधिक तथा बालबच्चा सावाधिक जीवन बीमा योजना

यस योजनामा प्रतिहजार ९ वर्षका लागि ३३ रुपैयाँ, १० देखि १४ वर्षका लागि ३६ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्म अवधिका लागि ३९ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ४२ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथिका लागि ७५ रुपैयाँ बोनसदर कायम भएको छ।

सीमित भुक्तानी सावाधिक जीवन बीमा(एकल)

यस योजनामा प्रतिहजार कम्पनीले १० देखि १४ वर्षका लागि ३० रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्म अवधिका लागि ३२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ३५ रुपैयाँ र २५ वा सोभन्दा माथिका लागि ४५ रुपैयाँ बोनसदर कायम भएको छ।

सीमित भुक्तानी सावाधिक जीवन बीमा योजना

यस योजनामा प्रतिहजार १० देखि १४ वर्षका लागि ३३ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्म अवधिका लागि ३८ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ४३ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथिका लागि ७५ रुपैयाँ बोनसदर कायम भएको छ।

सावाधिक तथा आजीवन जीवन बीमा योजना

यस योजनामा प्रतिहजार ९ वर्षका लागि ४० रुपैयाँ, १० देखि १४ वर्षका लागि ४० रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्म अवधिका लागि ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ५० रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथिका लागि ७४ रुपैयाँ बोनसदर कायम भएको छ।

सीमित भुक्तानी सावाधिक तथा आजीवन जीवन बीमा योजना

यस योजनामा कम्पनीले प्रतिहजार ९ वर्षदेखि १५ वर्ष वा सोभन्दा माथिको सबै योजनामा ५० रुपैयाँ बोनसदर कायम गरेको छ।

वार्षिक अग्रिम भुक्तानी तथा आजीवन जीवन बीमा योजना

यस योजनामा प्रतिहजार ९ वर्षका लागि २४ रुपैयाँ, १० देखि १४ वर्षका लागि २७ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्म अवधिका लागि ३३ रुपैयाँ र २० देखि २४ वर्ष अवधिका लागि ३३ रुपैयाँ बोनसदर कायम भएको छ।

अग्रिम भुक्तानी तथा आजीवन जीवन बीमा योजना

यस योजनामा प्रतिहजार ९ वर्षका लागि २४ रुपैयाँ, १० देखि १४ वर्षका लागि २४ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्म अवधिका लागि २७ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ३० रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथिका लागि ४१ रुपैयाँ बोनसदर कायम भएको छ।

जीवन आधार जीवन बीमा योजना

यस योजनामा ९ वर्षदेखि १५ वर्ष सोभन्दा माथि अवधिको सबै अवधिमा ५० रुपैयाँ बोनसदर कायम भएको छ।

जीवन सम्पन्न बीमा योजना

यस योजनाका सबै अवधि ९ वर्ष देखि १५ वर्ष वा सोभन्दा माथिको अवधिका लागि ५३ रुपैयाँ बोनसदर दिने भएको छ।

जीवन उत्थान बीमा योजना

यस योजनाका सबै अवधिका लागि कम्पनीले ४० रुपैयाँ र जीवन आवरण बीमा योजनाका सबै अवधिमा ४३ रुपैयाँ बोनस दिने भएको छ।

बालबच्चा सावाधिक जीवन बीमा योजना

यस योजनामा कम्पनीले प्रतिहजार ९ वर्षका लागि ३३ रुपैयाँ, १० देखि १४ वर्षका लागि ३६ रुपैयाँ र १५ देखि १९ वर्षका लागि ३९ रुपैयाँ बोनस दिने घोषणा गरेको छ।

हिमालयन अनमोल रत्न बाल सावधिक जीवन बीमा योजना

यस योजनामा प्रतिहजार १० देखि १४ वर्ष अवधिका लागि ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ३८ रुपैयाँ र २० देखि २७ वर्ष अवधिका लागि ४० रुपैयाँ बोनसदर कायम गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

10%
happy

खुसी

50%
sad

दु :खी

10%
amazed

अचम्मित

0%
excited

उत्साहित

30%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS