काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको स्थगित विशेष साधारणसभा आगामी मंसिर १२ गते हुने भएको छ । मंसिर ३ गते विशेष डाकेको साधारणसभामा गणपूरक संख्या अपुग भएपछि स्थगित भएको थियो ।
सभा मोरङको विराटनगरस्थित होटेल एयरपोर्टमा दिउँसो १ बजेबाट सुरु हुनेछ। सभाले संस्थापक शेयरधनीतर्फ ४ जना र सर्वसाधारणतर्फ १ जना सञ्चालकको निर्वाचन गर्नेछ।
सभा प्रयोजनार्थ कम्पनीले कात्तिक २७ गते बुक क्लोज गरेको थियो । यसको अर्थ कात्तिक २७ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको सभामा भाग लिन योग्य हुनेछन्।











