IME Life New

लिबर्टी माइक्रो लाइफको खुद बीमाशुल्क आर्जन १४ करोड ७५ लाख, जीवन बीमा कोषको आकार ५२ करोड ३६ लाख

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८३।८४ को प्रथम त्रैमास (साउन–असोज)को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो ३ महिनामा कम्पनीले ३ लाख ४६ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्ष २०८२।८३ को असोजसम्म कम्पनीले २१ लाख ६६ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफा घटेको हो ।

समीक्षा अवधिसम्म कम्पनीको महाविपत्ति कोषमा ९ लाख १ हजार रुपैयाँ, रिटेन्ड अर्निङमा ६३ लाख ८९ हजार रुपैयाँ र अन्य इक्विटीमा १ करोड ८१ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म महाविपत्ति कोषमा ८ लाख ६६ हजार रुपैयाँ, रिटेन्ड अर्निङमा ६० लाख ८१ हजार रुपैयाँ र अन्य इक्विटीमा १ करोड ८१ लाख रुपैयाँ थियो।

Esewa
Crest

चालु वर्षको असोजसम्म कम्पनीको जीवन बीमा कोषमा ५२ करोड ३६ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमा कोषमा २६ करोड ७० रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार बढेको छ।

समीक्षा अवधिसम्म कम्पनीले १६ करोड ८७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो यही अवधिसम्म कम्पनीले ११ करोड ३६ रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन बढेको छ।

कम्पनीले चालु वर्षको असोजसम्म १४ करोड ७५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ९ करोड ५१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS