IME Life New

मेटलाइफको व्यापार पौने २ अर्ब माथि, १२.३५% ले बढ्यो जीवन बीमा कोष

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी लाइफ इन्स्योरेन्स कम्पनी मेटलाइफले चालु आर्थिक वर्ष २०८३।८४ को पहिलो त्रैमास (साउन-असोज)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको असोजसम्म कम्पनीले ५ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्ष २०८२।८३ को असोजसम्म कम्पनीले ९ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा ४६.०९ प्रतिशतले घटेको छ।

Esewa
Crest

समीक्षा अवधिसम्म कम्पनीको महाविपत्ति कोषमा ६५ करोड ५७ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा २ अर्ब ६३ करोड २२ लाख रुपैयाँ र अन्य इक्विटीमा १ अर्ब ३२ करोड २४ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म महाविपत्ति कोषमा ६४ करोड ९९ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा २ अर्ब ५९ करोड १८ लाख रुपैयाँ र अन्य इक्विटीमा १ अर्ब ३२ करोड ५ लाख रुपैयाँ थियो।

समीक्षा अवधिसम्म कम्पनीको जीवन बीमा कोषमा ३४ अर्ब ३९ करोड ४० लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमा कोषमा ३० अर्ब ६१ करोड ४४ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको जीवन बीमा कोषको आकार १२.३५प्रतिशतले बढेको छ।

चालु वर्षको असोजसम्म कम्पनीले १ अर्ब ८६ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले १ अर्ब ६६ करोड ४२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन १२.१९ प्रतिशतले बढेको छ।

कम्पनीले समीक्षा अवधिसम्म १ अर्ब ७८ करोड ९३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले १ अर्ब ५९ करोड ८२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ११.९६ प्रतिशतले बढेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS