IME Life New

लघु जीवन बीमामा पुरुषभन्दा महिला बीमितको दाबी रकम अधिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको लघु जीवन बीमा बजारमा महिलाहरुको बलियो पकड र वर्चश्व देखिएको छ।

नेपाल बीमा प्राधिकरणको ‘इन्स्योरेन्स थ्रु अ जेन्डर लेन्सः अ फेमा मिटर एसेसमेन्ट इन नेपाल’ अध्ययन प्रतिवेदनअनुसार महिलाहरुले लघु जीवन बीमाको अधिकांश हिस्सा ओगटेका मात्र छैनन्, उनीहरुले पाउने औसत दाबी भुक्तानी रकम पनि पुरुषको तुलनामा धेरै रहेको छ।

Esewa
Crest

प्राधिकरणको तथ्यांकअनुसार लघु जीवन बीमाका कुल बीमालेख धारक र बीमित जनसंख्यामध्ये ६२ प्रतिशत हिस्सा महिलाको छ भने पुरुषको हिस्सा ३८ प्रतिशतमात्रै रहेको छ। बीमाशुल्क भुक्तानीमा पनि महिलाहरु सामान्य अगाडि छन्। लघु बीमाका लागि महिलाले वार्षिक औसत ४८९ रुपैयाँ बीमाशुल्क बुझाउँदा पुरुषले ३९८ रुपैयाँ बुझाउने गरेका छन्। यस क्षेत्रको समग्र औसत बीमाशुल्क ४५४ रुपैयाँ रहेको छ।

सबैभन्दा उल्लेखनीय पक्ष दाबी भुक्तानी रकममा देखिएको छ। लघु जीवन बीमातर्फ महिलाहरुले पाउने औसत दाबी भुक्तानी रकम करिब १ लाख ३० हजार रुपैयाँ रहेको छ। अर्कोतर्फ पुरुषहरुले पाउने औसत दाबी रकम भने करिब ९६ हजार रुपैयाँमा सीमित छ। यस बजारको समग्र औसत दाबी रकम १ लाख १५ हजार रुपैयाँ रहेको छ।

लघुवित्त र न्यून आय लक्षित वित्तीय कार्यक्रमहरुले मुख्यगरी महिलाहरुलाई प्राथमिकता दिने भएकाले यस क्षेत्रमा महिलाको उपस्थिति बलियो बनेको प्रतिवेदनमा उल्लेख छ। साथै, घरपरिवारको वित्त व्यवस्थापन र स्वास्थ्यको हेरचाहमा महिलाको भूमिका मुख्य रहने भएकाले पनि यो नतिजा आएको हो।

प्राधिकरणले महिला उद्यमी, साना व्यापारी, कृषक र स्वरोजगार महिलाहरुका लागि अझ सहज र किफायती बीमा योजनाहरु ल्याउनुपर्नेमा जोड दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS