IME Life New

चिसापानी गढीमा माइक्रोबस दुर्घटना, १० जनाको मृत्यु, ५ घाइते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा बिहीबार बिहान यात्रुवाहक माइक्रोबस दुर्घटना हुँदा चालकसहित १० जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।

भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत बिहान करिब ५स्४५ बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको म. प्र. ०३–००१ ज ०८८० नम्बरको यात्रुवाहक माइक्रोबस (ईभी गाडी) सडकबाट करिब ५०० देखि ७०० मिटर तल भिरमा खसेर दुर्घटना भएको हो। गाडीमा चालकसहित १५ जना सवार रहेको खुलेको छ।

Esewa
Crest

मृत्यु हुनेमा ५ पुरुष, ३ महिला र २ बालिका रहेका छन्। दुर्घटनालगत्तै नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले घटनास्थलबाट ५ जना घाइतेको उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पठाएको छ। मृतक तथा घाइतेहरूको विस्तृत पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

विश्वव्यापी सडक सुरक्षा सूचकाङ्कमा नेपालको नाजुक अवस्था

भीमफेदीको यो दर्दनाक घटनाले नेपालको सडक सुरक्षाको भयावह अवस्थालाई पुनः एकपटक उजागर गरेको छ। विभिन्न अन्तर्राष्ट्रिय अध्ययन र विश्वव्यापी सडक सुरक्षा सूचकाङ्क अनुसार नेपाल सडक सुरक्षाका दृष्टिले विश्वकै सबैभन्दा कमजोर र जोखिमपूर्ण मुलुकहरूको सूचीमा पर्दछ।

विश्व बैंक र विश्व स्वास्थ्य संगठनका तथ्याङ्कअनुसार दक्षिण एसियामै नेपालको सडक मृत्युदर उच्च रहेको छ। नेपाल प्रहरीको तथ्याङ्कलाई आधार मान्दा देशभर सवारी दुर्घटनाका कारण दैनिक औसत ७ जनाले ज्यान गुमाउने गरेका छन्।

साँघुरा र जीर्ण पहाडी सडक, भौगोलिक विकटता, सवारीसाधनको यान्त्रिक परीक्षणको अभाव, ट्राफिक नियमको फितलो कार्यान्वयन तथा कमजोर शासकीय व्यवस्थापनका कारण यस्ता भयावह दुर्घटनाहरू दोहोरिरहने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS