काठमाडौं । सरकारले नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा अमृत लम्साललाई नियुक्त गरेको छ।
अर्थमन्त्रीस्तरको असोज ६ गतेको निर्णयबाट लम्साल सरकारबाट प्रतिनिधित्व गर्दै नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक समितिको सदस्यमा नियुक्त भएका हुन्। लम्सालले सञ्चालकका रुपमा असोज २३ गतेबाट पद बहाली गरेका छन्।
लम्साल भन्सार विभागका उपमहानिर्देशक पनि हुन्।

















