IME Life New

बीमा र वित्त क्षेत्रले ठूलो संख्यामा जनशक्ति भर्ना गर्ने प्रक्षेपण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एसिया प्रशान्त र मध्यपूर्वका वित्त र बीमा रोजगारदाताहरुले सन् २०२६ को पहिलो त्रैमासमा ठूलो संख्यामा जनशक्ति भर्ना गर्ने अनुमान गरिएको छ।

म्यानपावर ग्रुप इम्प्लोइमेन्ट आउटलुकको पछिल्लो सर्वेक्षणले यस्तो देखाएको हो। सर्वेक्षण प्रतिवेदनअनुसार यस क्षेत्रले ३८ प्रतिशतले खुद रोजगारी बढाउने सम्भावना छ। जुन यस क्षेत्रका अन्य सबै उद्योगमध्ये सबैभन्दा उच्च हो।

Esewa
Crest

प्रतिवेदनअनुसार वित्त र बीमामा कर्मचारी भर्नाको माग यस क्षेत्रका संस्थाहरुभित्र व्यापार विस्तारद्वारा सञ्चालित भइरहेको छ। विशेषगरी ५ हजार वा सोभन्दा बढी कर्मचारी भएका ठूला रोजगारदाताहरुले पनि ३८ प्रतिशतले खुद रोजगारी बढाउने सम्भावना छ। ‘यसले ठूला वित्तीय र बीमा संस्थाहरुमा निरन्तर कार्यबल वृद्धिलाई प्रतिविम्बित गर्दछ’, प्रतिवेदनमा भनिएको छ।

भारत यस क्षेत्रको प्रमुख बीमा बजारमध्ये एक हो। भारतीय बीमकहरुले ५२ प्रतिशतसम्म जनशक्ति बढाउने अनुमान गरिएको छ। जब कि यूएईले ४६ प्रतिशतले बढाउन सक्ने प्रतिवेदनमा उल्लेख छ।

बीमा कम्पनीहरुले डिजिटल क्षमताहरु विस्तार गर्ने र वितरणलाई बलियो बनाउने क्रममा दुवै बजारले बलियो भर्ना आवश्यकता देखिरहेका छन्। यो सर्वेक्षण गत अक्टोबर १ देखि ३१ को बीचमा गरिएको थियो। प्रतिवेदनले जनवरी र मार्च २०२६ को बीचमा कर्मचारी परिवर्तनका लागि रोजगारदाताको अपेक्षालाई प्रतिविम्बित गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS