IME Life New

नेपाल पुनर्बीमा कम्पनीको बढ्यो व्यापार, नाफामा भने संकुचन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्ष २०८१।८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार समीक्षा वर्षमा कम्पनीले १ अर्ब ३ करोड ५४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८०।८१ मा कम्पनीले १ अर्ब १३ करोड १६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा ८.५० प्रतिशतले घटेको छ।

Esewa
Crest

समीक्षा अवधिसम्म शेयर पुँजी १३ अर्ब ४२ करोड २१ लाख रुपैयाँ रहेको कम्पनीको स्पेसल रिजर्भमा ४ अर्ब ९२ करोड १६ लाख रुपैयाँ, महाविपत्ति कोषमा ४२ करोड ७६ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ९३ करोड ३७ लाख रुपैयाँ र अन्य इक्विटीमा ८२ करोड २३ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको असार मसान्तसम्म कम्पनीको स्पेसल रिजर्भमा ४ अर्ब ४० करोड ३९ लाख रुपैयाँ, महाविपत्ति कोषमा ३२ करोड ४० लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ५२ करोड ९९ लाख रुपैयाँ र अन्य इक्विटीमा ७८ करोड २२ लाख रुपैयाँ रहेको छ।

समीक्षा वर्षमा कम्पनीको पुनर्बीमा कोषमा १० अर्ब ४३ करोड ९१ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष पुनर्बीमा कोषमा ९ अर्ब २ करोड ८० लाख रुपैयाँ थियो। पुनर्बीमा कोषमा १५.६३ प्रतिशतले बढेको छ।

गत आर्थिक वर्षमा कम्पनीले १२ अर्ब २३ करोड ६९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले १० अर्ब ५८ करोड ८५ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन १५.५७ प्रतिशतले बढेको छ।

कम्पनीले समीक्षा अवधिसम्म ११ अर्ब १५ करोड ५२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष सोही अवधिमा कम्पनीले ९ अर्ब ४९ करोड २४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा खुद बीमाशुल्क आर्जन १७.१२ प्रतिशतले बढेको छ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) घटेर ७.७१ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ८.४३ रुपैयाँ थियो। प्रतिशेयर नेटवर्थ १५२.५४ रुपैयाँ रहेको कम्पनीको पीई रेसियो १६३.३४ गुणा रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS