IME Life New

हङकङको भएको आगलागीमा ३३ करोड अमेरिकी डलरको बीमा दाबी पर्ने अनुमान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गत बुधबार हङकङको ताई पोस्थित वाङ फुक कोर्टमा भएको विनाशकारी आगलागीबाट बीमा कम्पनीले ३३.४ करोड अमेरिकी डलर (२.६ अर्ब हङकङ डलर ) को दाबी सामना गर्ने अनुमान गरिएको छ।

बहुतल्ले भवनमा आगलागी हुँदा कम्तिमा ७५ जनाको मृत्यु भएको छ। सातवटा भवनहरू ध्वस्त भएका छन्। चिनियाँ अखबार साउथ चाइना मर्निङ पोस्ट पत्रिकाको अनलाइन संस्करणले बीमा कम्पनीका स्रोतहरूलाई उद्धृत गर्दै अनुमानित बीमा क्षतिको विवरण प्रकाशन गरेको छ।

Esewa
Crest

यसबाहेक, अन्य सञ्चारगृहले वाङ फुक कोर्टका मालिकहरूको संगठनले सम्पत्तिको लागि बीमा गरेको समाचारमा उल्लेख गरेका छन् । ३१ डिसेम्बर २०२६ मा समाप्त हुने दुई वर्षको अवधिको जोखिम बहनमा भवन र साझा क्षेत्र सम्पत्ति बीमा, सार्वजनिक दायित्व बीमा, नगद बीमा, र समूह व्यक्तिगत दुर्घटना बीमा समावेश छ।

विश्वकै घना अावादी भएको हङकङमा भएको यो अागलागीमा मृत्युहरू बाहेक, ७० भन्दा बढी व्यक्तिहरू घाइते भएका छन् र २०० भन्दा बढी बेपत्ता छन्।

हङकङ बीमाकर्ता संघले अालागीको घटनापछि विज्ञप्ती जारी गर्दै भनेको छ,”धेरै पीडितहरूको बीमा कभरेज छ।”

वाङ फुक कोर्ट आठ बेग्ला बेग्लै भवनहरू मिलेर बनेको आवासीय परिसर हो । यो परिसरमा २,००० आवासीय एकाइहरूमा ४,६०० बासिन्दाहरू बसोबास गर्थे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS