IME Life New

गोरखा ब्रुअरी–खालिसीसी सहकार्यः ‘नेभर लिभ ए बोटल बिहाइन्ड’ अभियान सुरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गोरखा ब्रुअरी कार्ल्सबर्ग समूहले देशभरका व्यवसायिक स्थानलाई जोड्दै बोतलको पुनःप्रयोग प्रक्रियालाई सहज बनाउने उद्देश्य सहित नयाँ अभियान अघि सारेको छ। “नेभर लिभ ए बोटल बिहाइन्ड” भन्ने मूल नारासहित खालिसीसीसँगको सहकार्यमा सुरु गरिएको यो अभियानले कम्पनीलाई जिम्मेवार ‘रिसोर्स म्यानेजमेन्ट’ तर्फ उन्मुख गराउने बताइएको छ।

अभियानअन्तर्गत खालिसीसीले बार र रेस्टुरेन्टहरूसँग प्रत्यक्ष समन्वय गर्दै प्रयोग भइसकेका शिशाको बोतललाई व्यवस्थित रूपमा संकलन, छुट्याउने र पुनःप्रयोगको प्रक्रियामा पठाउनेछ। यसले व्यावसायिक स्थानमै अवशिष्ट व्यवस्थापनको एकीकृत र सहज प्रणाली तयार गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।

Esewa
Crest

यो मोडेलमार्फत व्यवसायिक क्षेत्रको जिम्मेवारी बढ्ने, बोतल व्यवस्थापन सुलभ हुने र पुनःप्रयोग गर्न सकिने गिलास ल्यान्डफिलसम्म नपुग्ने गरी उल्लेखनीय कमी आउने कम्पनीले जनाएको छ।

गोरखा ब्रुअरीका अनुसार “खालिसीसीसँगको सहकार्यले कुनै पनि बोतल बेवास्ता नहुने हाम्रो प्रतिबद्धतालाई व्यवहारमै उतारेको छ। व्यवस्थित पुनःप्रयोग समाधान उपलब्ध गराएर हामी भ्क्न् लक्ष्यलाई थप मजबुत बनाउँदैछौँ र सफा–हरियो नेपाल निर्माणमा सहयोग पुर्‍याइरहेका छौँ।”

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS