काठमाडौं । गुगलले एउटा ठूलो खुलासा गरेको छ। जसमा भनिएको छ कि एक एन्ड्रोइड साझेदारले जानाजानी १३ लाख डिभाइसमा मालवेयर स्थापना गरेको थियो। त्यसपछि यो बोटनेट सिर्जना गरिएको थियो। जसले त्यसपछि गोप्य रुपमा प्रयोगकर्ताको डिभाइस र तिनीहरुको इन्टरनेट पहुँच गर्यो।
खबरअनुसार चीनको शेन्जेनमा रहेको निर्माता भिडियोस्ट्रोङ टेक्नोलोजीले जानाजानी यो गर्यो। गुगलले भन्यो, ‘यो मालवेयर मुख्यतया एन्ड्रोइड टीभी सेट–टप बक्सहरुमा उपस्थित थियो।’
यो मालवेयर मुख्यतया एन्ड्रोइड टीभी सेट–टप बक्सहरुमा उपस्थित थियो। यो मालवेयरले ‘आपराधिक सहयोगीहरु’लाई प्रयोगकर्ताको इन्टरनेट जडानहरु उनीहरुको जानकारी बिना प्रयोग गर्न अनुमति दियो।
गुगलले आफ्नो ब्लगपोस्टमा भन्यो, ‘यसले अत्यधिक विश्वासका साथ मूल्यांकन गर्दछ कि भिडियोस्ट्रोङ टेक्नोलोजीले डिभाइसहरुमा यो ब्याकडोर र बोटनेट सिर्जना र स्थापना गर्यो र त्यसपछि तिनीहरुलाई आर्थिक लाभको लागि सञ्चालन गर्यो।’
यो कर्मचारीको गल्ती थिएन
कम्पनीका अनुसार यो एकल कर्मचारीको त्रुटि वा डेभलपमेन्ट त्रुटिको परिणाम थिएन। गुगलले अब भिडियोस्ट्रोङ टेक्नोलोजीलाई प्रमाणित एन्ड्रोइड डिभाइसहरुका लागि सफ्टवेयर उत्पादन वा प्रदान गर्न प्रतिबन्ध लगाएको छ।
भिडस्ट्रोङ टेक्नोलोजी एक मूल उपकरण निर्माता (ओईएम) र मूल डिजाइन निर्माता (ओडीएम) कम्पनी हो। यसले आफ्ना ग्राहकका साथै आफ्नै लागि डिभाइजहरु उत्पादन गर्दछ। कम्पनी सन् २०११ मा स्थापना भएको थियो। कम्पनीको वेबसाइटका अनुसार यसका डिभाइसहरु ६० भन्दा बढी देशमा १० करोडभन्दा बढी घरहरुमा पुगेका छन्।
बोटनेट भनेको के हो ?
गुगलले व्याख्या गरेको छ कि बोटनेट संक्रमित डिभाइजहरुको नेटवर्क हो। ह्याकरहरुले मालवेयर स्थापना गरेपछि उपकरणहरुको नियन्त्रण लिन सक्छन्। संक्रमित उपकरणहरु विज्ञापन धोखाधडी, डाटा चोरी, र अन्य मालवेयर स्थापनाहरुका लागि प्रयोग गरिन्छ।
धेरैजसो संक्रमित डिभाइसहरु एन्ड्रोइड टीभी सेट–टप बक्सहरु थिए। यद्यपि, मालवेयर टेलिहेल्थ डिभायसहरु, कराओके मेसिनहरु र डिजिटल साइनेज प्रणालीहरुमा पनि फेला परेको छ। कम्पनीले बोटनेटहरु नियन्त्रण गर्ने डोमेन र सर्भरहरु बन्द गर्न कानुनी कारबाही पनि गरेको छ। –एजेन्सी












