IME Life New

एशियन लाईफमा गोल्यानको सर्वाधिक शेयर स्वामित्व, अरू को को छन् १ प्रतिशतभन्दा माथि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सको संस्थापक शेयरधनीमध्ये शक्तिकुमार गोल्यानको नाममा सर्वाधिक ५.३१ प्रतिशत शेयर स्वामित्व रहेको छ।

गोल्यान एशियन लाईफका १० जना आधारभूत शेयरधनीमध्येका एक हुन्। गोल्यानले गत आर्थिक वर्ष २०८०।८१ को अन्त्यसम्ममा कुल १८ लाख ३ हजार ७४३ कित्ता शेयर होल्ड गरेका थिए। एशियन लाईफमा उनको शेयर स्वामित्व क्रमशः घट्दै गएको अवस्था छ। अघिल्लो आव २०७९।८० मा गोल्यानसँग ६.२४ प्रतिशत शेयर स्वामित्व रहेको थियो। कित्ताका आधारमा उनीसँग १९ लाख ६९ हजार ४०८ कित्ता शेयर रहेको थियो।

Esewa
Crest

गोल्यान निर्देशक रहेको गोल्यान ग्रुपका सदस्यहरूसँग नेपाल लाईफ इन्स्योरेन्समा पनि उल्लेख्य शेयर लगानी छ।

एशियन लाईफको वार्षिक प्रतिवेदन अनुसार, अर्का संस्थापक शेयरधनी राजेश लाल श्रेष्ठको नाममा ४.९२ प्रतिशत शेयर छ। उनको नाममा १६ लाख ७१ हजार ४०४ कित्ता शेयर छ। यसैगरी रत्ना देवी श्रेष्ठको नाममा ८ लाख ८४ हजार ७ कित्ता(२.६ प्रतिशत) शेयर छ।

अर्को संस्थापक शेयरधनी रूकमिनी बस्नेतको १५ लाख ५८ हजार ६१(४.५८ प्रतिशत) र बृष बहादुर बस्नेतको ७ लाख १६ हजार ५३३(२.११ प्रतिशत) शेयर स्वामित्व छ।

यसैगरी रमेश कर्पका रोहित गुप्ताको नाममा ७ लाख ६६ हजार २३३( २.२५ प्रतिशत) छ भने स्वाती रूंगटा अग्रवालसँग ६ लाख ६ हजार ६९९(१.७८ प्रतिशत) र सबिता देवी रूंगटासँग ५ लाख ४ हजार ८९९(१.४९ प्रतिशत) शेयर स्वामित्व छ ।

संस्थागत शेयरधनीका रूपमा गुह्येश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेड एक मात्र संस्था रहेको छ। यो वित्तीय संस्थाको नाममा एशियन लाइफमा कुल २.५९ प्रतिशत अर्थात ८ लाख ७९ हजार ७१५ कित्ता शेयर छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS