IME Life New

भूगोल इनर्जीले शतप्रतिशत हकप्रद जारी गर्ने, डाक्यो विशेष साधारणसभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले साउन २२ गते विशेष साधारण सभा गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको साउन ५ गते कम्पनीको रजिष्टर्ड कार्यालय बानेश्वर, काठमाडौंमा बसेको बैठकले सो सभाको मिति तय गरेको हो ।

सभा बिहानको ९ बजे काजी को किचन, पुरानो बानेश्वर, काठमाडौंमा हुनेछ । सभाले कम्पनीको हाल कायम चुक्ता पूँजीको १ः१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने सम्बन्धमा र सो अनुसार प्राप्त हुने रकमको उपयोग बारेमा संचालक समितिले गरेको निर्णयको प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

सभाले अधिकृत, जारी तथा चुक्ता पूँजी बृद्धि गर्ने गरि प्रवन्धपत्रको दफा ६ मा आवश्यक संशोधन गर्ने, उपरोक्त बमोजिम पारित सामान्य तथा विशेष प्रस्ताव स्वीकृतिको लागि पेश हुँदा नियमनकारी निकायबाट कुनै पनि विषयमा संशोधन वा परिवर्तन गर्न कुनै निर्देशन वा कैफियत प्राप्त भएमा सो समेत मिलाई संशोधन वा परिवर्तन गर्न तथा हकप्रद शेयर निष्काशन सम्बन्धमा थप अन्य कार्यहरु समेत गर्न परेमा सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने लगायतका विविध प्रस्ताव पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS