काठमाडौं । छोरा–छोरीको जन्मदिनको अवसरमा धेरै आमाबुबाले पार्टी, भोज वा विभिन्न कार्यक्रम आयोजना गर्ने चलन चल्दै आएको छ। तर विराटनगर–३ मा बसोबास गर्ने एक युवा उद्यमी प्रसुद गडेरीको दम्पतीले भने आफ्नो छोराको जन्मदिनलाई विशेष बनाउँदै दीर्घकालीन सोचसहित बीमा पोलिसी उपहार दिएका छन्।
उनीहरूले बजारमा उपलब्ध विभिन्न बीमा योजनामध्ये उत्कृष्ट मानिएको “हिमालयन अनमोल रत्न बाल सावधिक जीवन बीमा” रोज्दै आफ्नो सन्तानको भविष्य सुरक्षित गर्ने निर्णय गरेका छन्। सानो–सानो बचतले भोलि आफ्ना छोराछोरीलाई उच्च शिक्षा दिलाउन सहज हुनेछ भन्ने विश्वासका साथ उनीहरूले यो सुन्दर सुरुवात गरेका हुन्। यस कार्यका लागि हजुरबुवा रामप्रकाश गडेरीको सुझाव महत्वपूर्ण प्रेरणा बनेको बाबुले बताए ।
यस नौलो र सराहनीय कार्यको प्रशंसा गर्दै हिमालयन लाइफको विराटनगर शाखाका शाखा प्रबन्धक सन्तोष आचार्याले गडेरी दम्पतीलाई यस अवसरमा एक–एक वटा फूलको बिरुवा उपहार स्वरूप प्रदान गरेका छन् ।
उनले “यो बिरुवा जस्तै बीमा पोलिसीलाई पनि जोगाएर हुर्काउनुहोस्, बीमा निरन्तर राख्नुहोस् यसले वातावरण पनि हराभरा बनाउँछ र बीमाले तपाईंको परिवारको भविष्य पनि सुरक्षित बनाउँछ” भन्दै प्रेरणा समेत व्यक्त गरे ।
उनले थपे, बालबालिकाको हिमालयन लाइफ इन्स्योरेन्सको योजनाहरू बजारका अन्य विकल्पभन्दा आकर्षक, भरपर्दो र उत्कृष्ट भएकाले सबैको रोजाइमा परेको छ ।












