IME Life New

वैदेशिक रोजगार बीमाः जीवन बीमकले भित्र्याए साढे ३ अर्ब माथिको व्यापार, कसको हिस्सा कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वैदेशिक रोजगार बीमा व्यवसायबाट जीवन बीमकले गत आर्थिक वर्षसम्म साढे ३ अर्ब रुपैयाँ बढी बीमाशुल्क भित्र्याएका छन्।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्षमा तथ्यांकले यस्तो देखिएको हो। समीक्षा वर्षमा ११ वटा जीवन बीमा र ३ वटा लघु जीवन बीमा कम्पनीले २५ लाख ८६ हजार ३१३ वटा वैदेशिक रोजगार बीमालेख जारी गरेर ३ अर्ब ५७ करोड ४३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

Esewa
Crest

कुल वैदेशिक रोजगार बीमा व्यवसायमा एसियन लाइफ र सन नेपाल लाइफको हिस्सा लगभग समान २९ प्रतिशतभन्दा बढी देखिएको छ। वैदेशिक रोजगार बीमालेख जारी गरेर एसियन लाइफले १ अर्ब ५ करोड ५४ लाख रुपैयाँ र सन नेपाल लाइफले १ अर्ब ३ करोड ९६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्। यी दुवै कम्पनीको बजार हिस्सा क्रमशः २९.५३ प्रतिशत र २९.०९ प्रतिशत रहेको छ।

यसैगरी धेरै वैदेशिक रोजगार बीमा व्यवसाय गर्ने कम्पनीमा आइएमई लाइफ र नेपाल लाइफको बजार हिस्सा पनि लगभग समान करिब ७ प्रतिशत रहेको छ। समीक्षा वर्षमा आइएमई लाइफले २४ करोड ९८ लाख रुपैयाँ र नेपाल लाइफले २४ करोड ७८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्।

समीक्षा वर्षमा वैदेशिक रोजगार बीमालेख बिक्री गरेर नेसनल लाइफले १९ करोड ६१ लाख रुपैयाँ (५.४९ प्रतिशत), सानिमा रिलायन्स लाइफले १७ करोड ३८ लाख रुपैयाँ (४.८६ प्रतिशत), सिटिजन लाइफले १७ करोड २१ लाख रुपैयाँ (४.८२ प्रतिशत), प्रभु महालक्ष्मी लाइफले १४ करोड ६९ लाख रुपैयाँ (३.२७ प्रतिशत), सूर्यज्योति लाइफले ११ करोड ७० लाख रुपैयाँ (३.२७ प्रतिशत) र रिलायबल नेपाल लाइफले ११ करोड ४१ लाख रुपैयाँ (३.१९ प्रतिशत) कुल बीमा शुल्क आर्जन गरेका छन्।

त्यस्तै वैदेशिक रोजगार बीमालेख बिक्री गरेर लिबर्टी माइक्रो लाइफले २ करोड ६७ लाख रुपैयाँ (०.७५ प्रतिशत), क्रेस्ट माइक्रो लाइफले १ करोड ९९ लाख रुपैयाँ (०.५६ प्रतिशत) हिमालयन लाइफले १ करोड ५ लाख रुपैयाँ (०.२९ प्रतिशत) र गार्डियन माइक्रो लाइफले ४१ लाख ४० हजार रुपैयाँ (०.१२ प्रतिशत) बीमाशुल्क आर्जन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS