IME Life New
GBIME

मुद्दति निक्षेपको ब्याजदर घट्दा दोब्बर बढ्यो ‘फिक्स्ड डिपोजिट’ जीवन बीमा

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले पाँचवर्षे अवधिका लागिसमेत मुद्दति निक्षेपको ब्याजदर एकल अंकमा झारेपछि एकमुष्ठ रकम भुक्तानी गरेर जीवन बीमालेख खरिद गर्नेहरुको संख्या बढेको छ। जीवन बीमकको एकल बीमाशुल्क संकलन एक वर्षको अवधिमा दोब्बर बढीले वृद्धि भएको हो।

नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्ष २०८१।८२ को चैत मसान्तसम्ममा जीवन बीमकले कुल ४ अर्ब ९१ करोड ९२ लाख रुपैयाँ एकल बीमाशुल्कवापत संकलन गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिससम्ममा एकल बीमाशुल्क बीमालेखको बिक्रीबाट कुल १ अर्ब ५६ करोड ७५ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको थियो। एकल बीमाशुल्क संकलनमा २.१४ गुणाले वृद्धि भएको छ।

Crest

बीमाशुल्क संकलनमात्र नभएर बीमालेख बिक्री संख्या पनि बढेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा एकल बीमाशुल्कवाला सक्रिय बीमालेखको संख्या कुल ८४ हजार ६४३ छ। गत आर्थिक वर्षको सोही अवधिसम्म यस्तो सक्रिय बीमालेखको संख्या ७० हजार ३७४ मात्र थियो।

एकल बीमाशुल्क बीमालेखमा बीमितले बीमा अवधिभर एकपटक मात्र एकमुष्ठ बीमाशुल्क भुक्तानी गर्छन्। उनीहरुले प्रत्येक वर्ष बीमाशुल्कको किस्ता रकम भुक्तानी गरिरहनुपर्दैन। बीमा अवधि पूरा भएपछि बीमांक रकम र पाकेको बोनस रकम बीमितले एकमुष्ठ भुक्तानी प्राप्त गर्छन्।

जसरी पनि व्यावसायिक लक्ष्य पूरा गर्नुपर्ने बाध्यतामा रहेका अभिकर्ता र बीमा कर्मचारीले अभिकर्ता कमिसन र इन्सेन्टिभबापतको सबै रकम फिर्ता दिएरै भए पनि बीमितले लगानी गर्ने रकम, प्राप्त गर्ने बोनस र बीमांक रकमको हिसाब गरेर मुद्दति निक्षेपभन्दा बीमा गर्नुमा बुद्धिमानी हुने सुझाव दिइरहेका छन्। बीमा कम्पनीको औसत प्रतिफल दर ६ प्रतिशत रहेको छ भने बैंकको पाँचवर्षे मुद्दति निक्षेपको ब्याजदर पनि पुग नपुग ६ प्रतिशतकै हाराहारीमा सीमित छ।

बैंकमा मुद्दति निक्षेपबराबरकै रकम निक्षेप राख्नुपर्छ भने जीवन बीमामा कमिसन, इन्सेन्टिभबापतको रकम फिर्ता पाउने बीमितले निक्षेप बीमांकभन्दा थोरै पैसा तिर्नुपर्छ। जीवन बीमकबीच अस्वस्थ्य प्रतिस्पर्धा चुलिएसँगै अभिकर्ताको कमिसन र प्रोत्साहनबापतको रकमसमेत बीमितलाई नै फिर्ता गरिदिने प्रवृत्ति बढ्दै गएको छ।

नेपालको बीमा बजारमा एकल बीमाशुल्क बीमालेख प्रायः ५ वर्षका लागि गर्ने र ३ वर्षमै समर्पण गर्ने पुरानो प्रवृत्ति रहेको छ। एकल बीमाशुल्क बीमालेखको बिक्रीका माध्यमबाट हुने विकृति नियन्त्रण गर्न प्राधिकरणले ३ वर्ष पूरा नभई समर्पण गर्न नमिल्ने र बीमाशुल्कबापतको कमिसन दर पनि १० प्रतिशतमा सीमित गरेको छ। यस्तो नियामकीय प्रावधानका बाबजुद एकल बीमाशुल्क बीमालेखको आवरणमा हुने विकृति रोकिएको छैन।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

25%

दु :खी

0%

अचम्मित

75%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS